• २०८२ बैशाख ७ शनिबार
  • Saturday, 19 April, 2025

गगन थापाले 'बहिस्कार गरे' राजनीतिक संयन्त्रकाे बैठक

काठमाडौं । सत्ता संचालनका लागि दुई दल नेकपा एमाले र नेपाली कांग्रेसले बनाएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा कांग्रेस महामन्त्री गगन थापा अनुपश्थित भएका छन् ।

सरकारका कामबारे पछिल्ला दिनमा चर्को आलोचनामा उत्रिएका महामन्त्री थापा बैठकमै अनुपस्थित भएपछि सरकारमाथि थप संकट पर्नेसक्ने कतिपयले अनुमान गरेका छन् । 

वर्तमान सत्ता गठबन्धनसँग कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का पनि असन्तुष्ट रहेको एक नेताले बताए । जसका कारण खड्का पनि संयन्त्रको बैठकमा  अनुपस्थित छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ सुरु भएको संयन्त्रको बैठकमा सरकार सञ्चालनका विषयमा दुई दलबीच देखिएका शंका छलफल भइरहेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल र उपमहासचिव तथा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी छन् ।

सत्तारुढ कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा सहभागी छन् ।  

संयन्त्रको बैठकमा एउटा कुरा गर्ने तर मन्त्रिपरिषद् बैठकबाट अर्कै निर्णय गरिएको भन्दै उनले प्रधानमन्त्री र मन्त्रीको सार्वजनिक रुपमै आलोचना गरेका थिए ।

आफूहरु राम्रा कामका लागि सरकारलाई सघाउन सक्रिय भएको तर प्रधानमन्त्रीले त्यस अनुसार काम नगरेको भन्दै उनले आपत्ति जनाएका थिए ।

कांग्रेस र एमालेबीच सरकार सञ्चालनका विषयमा सार्वजनिक रुपमा मतभेद देखिन थालेपछि लामो समयको अन्तरालमा प्रधानमन्त्री ओलीले दुई दलीय संयन्त्रको बैठक बोलाएका हुन् ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर