• २०८२ बैशाख १२ शुक्रबार
  • Friday, 25 April, 2025

शीर्ष स्थानमा बलियो बन्दै बार्सिलोनाः मालोर्कामाथि ४० प्रहार, १ गाेल

काठमाडौं । ला लिगामामा बार्सिलोनाले शीर्ष स्थानको पकडलाई थप मजबुत बनाएको छ।

मालोर्कालाइ मंगलवार १-० ले हराउँदै दोस्रो स्थानको रियल म्याड्रिडसँगको दूरीलाई‌ पुनः‌७ अंकले बढाएको छ। मालोर्काकाे पाेष्टमा ४० प्रहार र १२ अन टार्गेट प्रहार गरेका वार्साकाे युवा खेलाडीहरूले गाेल भने एक मात्रै छिराउन सके । दानी ओल्मोको गोलमा बार्सिलोनाले जित निकाल्यो ।

स्पेनिस मिडफिल्डर ओल्मोले दोस्रो हाफको ४६ मिनेटमा गोल गरे । पहिलो हाफमा बार्सिलोनाले २४ ओटा प्रहार गर्दा पनि गोल गर्न सकेन।

मालोर्काका गोलकिपर लिओ रोमानले पहिलो हाफमा लामिन यामाल र फेर्रान टोरेसका प्रहार रोके । बार्सिलोनाको लगातार दबाबका बीच पनि पाहुना टोली उसलाई रोक्न सफल भयो ।

यहाँ सम्मकी १५ सेकेन्डको अन्तरमा बार्सिलोनाको चारवटा प्रहार मालोर्काले बचायो। तर दोस्रो ओल्मोले सुरुवातमै ओल्मोले गोल गर्दै बार्सिलोनालाई‌ जित दिलाए ।

ह्यान्सी फ्लिकले रियलविरुद्ध शनिवार कोपा डेल रे फाइनललाई ध्यानमा राख्दै टोलीमा ७ परिवर्तन गरे। उनले दोस्रो हाफमा राफिन्हा र फेर्मिन लोपेजलाई मैदानमा उतारे ।

तर टोलीले दोस्रो गोल खोज्दा गोलकिपर रोमानले ११ वटा बचाउ गर्दै मलोर्कालाई खेलमा जिवित राख्ने कोशिस गरे । यद्दपी टोलीले बराबरी गोल फर्काउन सकेन ।

४० प्रहार यो सिजन ला लिगामा कुनै पनि टोलीले गरेको सबैभन्दा धेरै प्रहार हो । 

३३ खेलमा बार्सिलोनाको ७६ अंक‌ पुगेको छ। रियलले बुधवार गेटाफेलाई हराउन सके अंक दूरी पुन: ४ मा झर्नेछ।

युरोपा लिगको होडमा रहेको मालोर्का ४४ अंकसहित सातौं स्थानमा छ । एक खेल कम खेलेको सेल्टा भिगोभन्दा टोलीको १ अंकले बढी छ। अर्को खेलमा भ्यालेन्सिया र इस्पानुयोलले १-१ को बराबरी खेलेका छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर