बढ्न थाले फुटबल गतिविधिः मैत्रीपूर्ण खेलका लागि हंङकङ जाँदै नेपाल

काठमाडौं । पछिल्लो समय नेपाली फुटबलका गतिविधि बढ्न थालेका छन् । लामो समय सुस्ताएको फुटबलमा विस्तारै नयाँ तरंगहरु सृजना हुन थालेका छन् ।
नेपाल सुपर लिगले केही मुर्झाएको नेपाली फुटबलमा नयाँ कोच र मैत्रीपूर्ण फुटबल प्रतियोगिताले सकारात्मक संकेत गरेका हुन् ।
यसै मेसोमा नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण खेल हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले आफ्नो आधिकारिक पेजमार्फत सूचना जारी गर्दै नेपाली राष्ट्रिय टिमले हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने जनाएको हो ।
एन्फाका अनुसार नेपाल र हङकङबीचको खेल आगामी जुन ५ मा हङकङमा आयोजना हुनेछ । फिफा विन्डो अन्तर्गत उक्त मैत्रीपूर्ण खेफ हुने एन्फाले जनाएको छ ।
हङकङ फुटबल संघले आयोजना गर्ने सो खेल फिफाको आधिकारिक अन्तर्राष्ट्रिय म्याच क्यालेन्डर अन्तर्गत नै रहनेछ ।
नेपालले एएफसी एसियन कप छनोट अन्तर्गत जुन १० मा लाओससँग खेल्ने तालिका छ । त्यसअघि हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको हो । जुनमै श्रीलंकामा साफ च्याम्पियनसिप फुटबल पनि हुने तय छ ।
नेपालले हङकङसँग ३७ वर्षपछि प्रतिस्पर्धा गर्न लागेको हो। यसअघि नेपालले सन् १९८८ मा खेलेको थियो।
सो खेल नेपालले हङकङसँग खेलेको एक मात्र औपचारिक खेल हो। हङकङमा भएको उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो। एएफसी एसियन कपको समूह-३ को खेल थियो।
हाल हङकङ फिफा वरीयतामा १५३औं स्थानमा छ भने नेपाल १७५औं स्थानमा रहेको छ।
नेपालले हङकङसँग ३७ वर्षपछि प्रतिस्पर्धा गरेको पाँच दिनपछि जुन १० मा नेपालले एफसी एसियन कप छनोटको खेलमा लाओससँग खेल्नेछ।
प्रतिकृया दिनुहोस