सरकार ढल्ने तरंगः एमाले संसदीय दलमा आज छलफल गर्दै

काठमाडौं । राजनीतिक बृत्तमा सरकार ढल्ने चर्चा चलिरहेका बेला नेतृत्व गरिरहेको दल नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ ।
हिजै बस्ने भनिएको एमाले दलको बैठक संसद अधिवेशन शुरु भएको दोस्रो दिन आज बस्न लागेको हो ।
बैठक दिउँसो २ बजे बस्ने गरी बोलाइएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
बैठकमा संसद्को बजेट अधिवेशनबारे छलफल हुने बर्तौलाको भनाइ छ । बजेट अधिवेशन हिजोबाट सुरु भएको छ ।
अधिवेशनलाई कसरी सफल बनाउने र शिक्षकको मागलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा पनि बैठकमा छलफल हुने नेताहरुले बताएका छन् ।
प्रतिकृया दिनुहोस