गृहमन्त्रीले अहिलेसम्म जाेगाएः कांग्रेस सांसद राई पक्राउ

काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दामा नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेकी छिन्।
उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले शनिबार कपनबाट पक्राउ गरेको हो।
राईलाई जिल्ला प्रहरी परिसर काठमाडौँ लगिँदै गरेको प्रहरीले जनाएको छ।
उनी काठमाडौँको स्वर्णलक्ष्मी बचत ऋण सकारी ठगीमा मुद्दामा फरार रहँदै आएकी थिइन्। राई स्वर्णलक्ष्मीको दुई कार्यकाल सञ्चालक समितिमा बसेकी थिइन्।
भोजपुरकी राई नेपाली कांग्रेसको समानुपातिक कोटाबाट सांसद बनेकी थिइन्।
प्रतिकृया दिनुहोस