• २०८२ बैशाख १५ सोमबार
  • Monday, 28 April, 2025

इंग्लिस प्रिमियर लिगको उपाधि लिभरपुलले उचाल्याे

काठमाडौं । अन्तिम खेलमा टाेटह्यामविरूद्ध ५ गाेलकाे वर्षा गर्दै इंग्लिस प्रिमियर लिगको उपाधि लिभरपुलले जितेको छ।​ 

टोटेनहम हटस्परलाई गएराति ५–१ ले पराजित गरेकाे हाे । दोस्रो स्थानको आर्सनलको कमजोर प्रदर्शनका कारण लिभरपुललाई अन्तिम ५ खेलबाट मात्र १ अंक आवश्यक थियो।​

टोटेनहमका डोमिनिक सोलाङ्केले खेलको १२ औं मिनेटमा गोल गर्दै लिभरपुलाई दबाबमा पारे। तर त्यो अग्रतालाई‌ जोगाउन टोली असफल रह्यो।

घरेलु टोलीका लागि लुइस डियाजले १६ औं‌ मिनेटमा बराबरी गोल फर्काए। त्यसको ८ मिनेटपछि एलेक्सिस म्याक एलिस्टरको गोलमा लिभरपुल अगाडि लाग्यो।

३४ औं मिनेटमा कोडी गाक्पोले गोल गरेपछि पहिलो हाफमा ललितपुरलले ३-१ को अग्रता कायम गर्यो। ६३ औं मिनेटमा मोहम्मद सलाहले लिभरपुलको लागि चौथो गोल गरे।

डेस्टिनी उडोगीले आफ्नै पोस्टमा गोल गरेपछि लिभरपुलको अग्रता बढ्यो।  शीर्ष स्थानको लिभरपुल (८२ अंक_ ले आर्सनललाई १५ अंकले पछि परेको छ। टोटेनहम लगातार हारसँगै १६औँ स्थानमा यथावत् छ।

गएराति नै भएको अर्को खेलमा बोर्नमाउथ र म्यानचेस्टर युनाइटेडले १-१ को बराबरी खेलेका छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर