सत्ता गठबन्धनको बैठक नाउपा र जनमतले बहिष्कार गरेलगत्तै चौधरी पक्राउ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आव्हानमा सत्तापक्षीय राजनीतिक दलको बैठक बसिरहेको छ। तर साे बैठकमा सत्ता पक्षीय दल नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी सहभागि छैनन् । संघीय संसद्को बजेट अधिवेशन सञ्चालन तथा समसामयिक राजनीतिक विषयहरूमा धारणा बनाउन प्रधानमन्त्री ओलीले बैठक बोलाएका हुन्।
यी दुइ दल एकताका लागि सत्ता पक्षकाे बैठकमा नगएपछि सरकारले एकता कार्यक्रम राखिएकाे प्रज्ञा भवन कमलादीकाे मूल ढाेकामै ताल्चा लगाइदिनुका साथै नाउपाका संस्थापक रेशम चाैधरीलाइ पक्राउ गरेकाे थियाे ।
२८ दिनदेखि आन्दोलनरत शिक्षकहरूका माग सम्बोधन गर्ने विषयमा समेत बैठकमा छलफल हुने नेताहरूले जनाएका छन् । त्यस्तै, सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारीका विषयमा समेत छलफल भइरहेको छ।
प्रधानमन्त्रीको निवास बालुवाटारमा जारी बैठकमा कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री आरजु राणा देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपमहासचिवहरु प्रदीपकुमार ज्ञवाली, विष्णुप्रसाद रिमाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टीका अध्यक्ष अशोकुमार राईलगायत नेताहरू सहभागी छन्।
बैठकमा सहभागी हुने गरेको रेशमको श्रीमती रञ्जिता श्रेष्ठले बुधबारको सत्तारूढ दलको बैठक बहिष्कार गरेकी थिइन ।
बैठकमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, जसपाका अध्यक्ष डा सिके राउत र नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ सहभागी हुने गरेका थिए । तर बुधबारको बैठकमा गएका थिएनन् । जनमत र नाउपाबीच पार्टी एकता घोषणा कार्यक्रम भएकाले ती दलका नेता बालुवाटार बैठकमा अनुपस्थित रहेको दाबी गरे पनि रेशम चौधरीको पक्राउले यसमा शंका जन्माएको छ ।
चौधरीलाई सादा पोशाकका प्रहरीले पार्टी एकता घोषणा गर्नका लागि आयोजना गरिएको कार्यक्रम स्थलबाटै पक्राउ गरिएको छ । रेशमका भाइ मीठूलाल चौधरीले पक्राउको पुष्टि गर्दै अहिले डिल्लीबजार लगिएको जानकारी दिए । उनले आफूहरू पनि अहिले कारागारमा रहेको बताए । के का लागि चौधरी पक्राउ परे भन्नेबारेमा प्रहरीले अहिलेसम्म केही खुलाएको छैन ।
डिल्लीबजार कारागारमा रहेका रेशम चौधरी २०८० जेठ १५ गते आममाफी पाएर थुनामुक्त भएका थिए।
प्रतिकृया दिनुहोस