आजै थुनामुक्त भए रेशम चौधरी

काठमाडौं । सर्वोच्च अदालतका एक कर्मचारीको सनकका कारण पक्राउ परेको नागरिक उन्मुक्ति पार्टीका संस्थापक अध्यक्ष रेशम चौधरी आजै थुनामुक्त भएका छन् ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी थुनामुक्त भएका हुन् । सर्वोच्च अदालतका शाखा अधिकृतको अनधिकृत पत्रका आधारमा पक्राउ परेलगत्तै उनलाई डिल्लीबजार कारागारमा लगिएको थियो ।
सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकता घोषणा हुनै लाग्दा चौधरीलाई कार्यक्रमस्थल प्रज्ञा भवन परिसरबाट बुधाबर दिउँसो प्रहरीले नियन्त्रणमा लिएको थियो । सादा पोसाकमा खटिएका सुरक्षाकर्मीले उनलाई प्रज्ञा भवनमै पुगेर पक्राउ गरेका थिए ।
सर्वोच्चको आदेश कार्यान्वयन गर्न चौधरीलाई पक्राउ गरी प्रहरीले डिल्लीबजार कारागारमा लगेर बुझाएको थियो । 'अनधिकृत' रहेको पाइएपछि प्रहरीले पत्र काट्ने शाखा अधिकृत महिमानसिंह विष्टलाई नै पक्राउ गरेर हिरासतमा राखेको छ । सर्वोच्चले विज्ञप्ति जारी गर्दै चौधरी पक्राउ गर्नेसम्बन्धी पत्र अनधिकृत भएको र विष्टमाथि कानुनी कारबाहीको प्रक्रिया सुरु भएको जनाएको छ ।
संरक्षक चौधरी पक्राउ परेसँगै जनमत र नाउपाको एकीकरण घोषणा कार्यक्रमसमेत स्थगित भएको छ ।
प्रतिकृया दिनुहोस