भक्तपुरको काठमाडौं वर्ल्ड स्कुलमा कक्षा १२ को प्रश्नपत्र बाहिरिएको हो ?

काठमाडौं । आजबाट सुरु भएको कक्षा १२को प्रश्न पत्र परिक्षा सुरु हुनु अघि नै बाहिरिएको चर्चा सुरु भएको छ ।
भक्तपुरमा रहेको काठमाडौं वल्र्ड स्कुलमा परिक्षा दिन गएका एक विद्यार्थीले परिक्षा अघि नै यस्तो प्रश्न आउँदैछ भन्ने मोबाइलमा देखाएको र अन्ततः त्यही प्रश्न आएको दावी गरिएको छ ।
भक्तपुरमा कार्यरत एक संचारकर्मीले सामाजिक सञ्जालमा उक्त कुरा उल्लेख गरेका छन् ।
राष्ट्रिय समाचार समिति राससमा काम गर्ने उनले लेखेका छन्, ‘काठमाडौं वल्ड स्कुलको विद्यार्थीमाझ गतवर्ष पनि यसै गरि प्रश्न पत्र हात परेको थियो । यसबारेमा बोर्डका अध्यक्ष महाश्रम शर्मासंग कुरा गर्दा हुदै होइन, हल्ला हो भनेर टार्नु भो । यसपाली पटक पटक फोन गर्दा फोन उठाउनु हुन्न । एउटा स्कुलको यस्ता गतिबिधिले अरु विद्यार्थीको मनोबलमा कति असर पर्ला ? बोर्ड कहिले गम्भिर बन्ला खै ।’
यसबारे परिक्षा बोर्डसँग प्रश्न गर्दा अध्यक्ष महाश्रम शर्माले सो कुरा अस्वीकार गरेको उनले बताएका छन् ।
शिक्षा बिटमा कलम चलाउने अर्का पत्रकार मकर श्रेष्ठले पनि यसबारे लेखेका छन् ।
आज बिहान ७ः ४५ बजेतिर प्रश्न पत्र बाहिरिएको भन्दै विद्यार्थीहरूले मोबाइलबाट साटासाट गरेका थिए । विद्यार्थीहरूले प्रश्न साटासाट गरिरहेको भिडियो समेत बनाइएको थियो । त्यसपछि प्रश्न पत्र बाहिरको भन्ने विषयमा चर्चामा आएको हो।
त्यसपछि कलेजको परीक्षार्थीको मोबाइल जफत गरेर चेकअप गरेको थियो । मोबाइल चेकअपको क्रममा पुरानो प्रश्न पत्र साटासाट गरेको पाइएको बोर्डले जनाएको छ। ‘प्रश्न पत्र साटासाट भएको देखियो । तर, त्यो अहिलेको नभई पुरानो प्रश्न पत्र रहेछ,’ बोर्ड स्रोतले भनेको छ।
प्रतिकृया दिनुहोस