नाउपा र जनमतले संसद अवरोध गरेपछि रेशमबारे गृहमन्त्रीले दिनेभए जवाफ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी र जनतमत पार्टीले संसदमा नीति तथा कार्यक्रममाथिको छलफलमा अवरोध जनाएका छन्। प्रतिनिधिसभा बैठकमा दुवै दलले रेशम चौधरी पक्राउ परेको घटनामा सरकारको जवाफ माग्दै अवरोध गरेका हुन्।
नागरिक उन्मुक्ति पार्टीले संसदमा उठाएको विषयमा सभामुख देवराज घिमिरेले सरकारलाई रुलिङ समेत गराइसकेका छन्। तर, पनि उनीहरूले अवरोध जारी राखेका छन्।
यसअघि बैठकको आकस्मिक समयमा बोल्दै नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीका संरक्षक चौधरी पक्राउ परेको घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गरेकी थिइन्। उनले एक कर्मचारीको व्यक्तिगत आक्रोशका कारण कानुनी प्रक्रियाबिना चौधरीलाई गिरफ्तार गरिएको भन्दै आक्रोश व्यक्त गरिन्।
त्यसपछि गृहमन्त्री रमेश लेखकले वैशाख २५ गते बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा रेशम चौधरीलाई पक्राउ गरिएको घटनामा विषयमा जवाफ दिने भएका छन्।
रेशम चौधरीलाई पक्राउ गरिएको घटनाको जवाफ माग गर्दै नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका सांसदहरूले उठेर विरोध जनाएपछि गृहमन्त्रीले वैशाख २५ गते बस्ने बैठकमा सो घटनाका विषयमा जवाफ दिने जानकारी गराएको सभामुख देवराज घिमिरेले जानकारी दिए ।
त्यसअघि दुई पार्टीका सांसदहरूको विरोधका कारण नीति तथा कार्यक्रममाथि छलफल अघि बढाउन समस्या भएपछि सभामुख घिमिरेले उक्त घटनाका विषयमा जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका थिए। तर, उन्मुक्ति पार्टी र जनमत पार्टीका सांसदहरूले सरकारको जवाफ आउनुपर्ने भन्दै निरन्तर विरोध जनाएपछि गृहमन्त्रीले वैशाख २५ गते जवाफ दिने मौखिक जानकारी संसद सचिवालयका सदस्यलाई जानकारी गराए ।
प्रतिकृया दिनुहोस