• २०८२ बैशाख २७ शनिबार
  • Saturday, 10 May, 2025

सातादेखि नगरकोटमा बसेर ज्ञानेन्द्रले सबै राजावादी एक ठाउँमा ल्याए, बेखबर सरकार 

भक्तपुर । पूर्व राजा ज्ञानेन्द्र शाहले भक्तपुरको नगरकोटमा बसेर एक सातादेखि राजावादी आन्दोलनको आगामी रोडम्याप बनाइरहेका छन् । उ

नकै रुची र जोडबलमा बिहीबार मात्रै फरक फरक झुण्डमा रहेका राजावादी घटकहरु एउटै ब्यानमा आएर आन्दोलन घोषणा गरे । तर यी सबै गतिविधिबारे नेपाल सरकार मौन देखिएको छ । 

उनी नगरकोटस्थित सोल्टी वेस्ट इन्ड रिसोर्टमा बसिरहेका छन् । जहाँबाटै उनले राजावादीहरूसँग तारन्तार भेट गरिरहेको खुलेको छ ।  उनले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापासहित राजावादी शीर्ष नेतासँग भेट नगरकोटमै गरे ।

यस्तै दोस्रो तहका राजावादी नेताहरू राजेन्द्र गुरुङ, गुरुङ, शरद राज पाठक, प्रेम बलायर, निरञ्जन थापा, निराजन बमलगायतसँग पनि भेटेका छन् । भेटमा मूलतः राजावादी आन्दोलनका विषयमा कुराकानी भएको बताइएको छ । 

राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले पूर्वराजा र कमल थापाबीच केही दिनअघि नगरकोटमा भेट भएको पुष्टि गरे । उनले भेटमा समसामयिक विषयमा कुरा भएपनि थप खुलाउन चाहेनन् । 

यसअघि आफू सुवेदी नेतृत्वको समितिमा नरहेको घोषणा गरेका राप्रपा अध्यक्ष लिङ्देनले समेत उनको नेतृत्व स्वीकारेका छन् । पूर्वराजाकै सक्रियतामा सबै एक ठाउँमा आउने परिस्थिति बनेसँगै बिहीबार नै पत्रकार सम्मेलन गरेर राजावादी समूहले ‘राजसंस्था पुनर्स्थापनाका लागि जनआन्दोलन समिति’को संयोजकमा जेठ १५ देखि अनिश्चितकालीन आन्दोलनको घोषणा गरेको छ । जुन कार्यक्रममा लिङ्देन, थापासहित राजावादी समूहका हस्तीहरू सहभागी थिए ।
थापाले भनेका थिए, ज्ञानेन्द्रले नै तपाइहरू एक हुन सक्नुहुन्न कसरी अभियान चलाउनु हुन्छ ? भनेपछि सबै घटक एकै ठाउँमा बस्न तयार भएका हुन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर