• २०८२ बैशाख २९ सोमबार
  • Monday, 12 May, 2025

एल क्लासिकोमा ७ गोलको थ्रिलरः रियललाई उपाधिमा धक्का, बार्सिलोनाको पक्का !

काठमाडौं । स्पेनिल ला लिगामा बार्सिलोना उपाधि नजिक पुगेको छ । आज भएको एल क्लासिकोमा चिर प्रतिद्धन्दी रियल मड्रिडलाई २–० गोलले पछि परेको अवस्था उल्ट्याउँदै ४–३ गोलको जित निकालेपछि यस सिजन रियल उपाधिविहिन हुने पक्का भएको छ भने बार्सिलोनाले लिग जित्ने सम्भावना बलियो बनेको छ । 

खेलमा रियल मड्रिडका लागि फ्रान्सेली स्टार केलियन एम्बाप्पेले ह्याट्रि पूरा गरेका थिए । तर उनको ह्याट्रिकका बाबजुत टिम पराजित भयो ।  एम्बाप्पेले खेलको ५औं मिनेटमा पेनाल्टीबाट अग्रता बनाएका थिए ।

१४औं मिनेटमा अर्को गोल थप्दै टिमलाई सहज अवस्थामा पुर्याए । तर बार्सिलोनाले दोस्रो हाफमा आक्रामक कमब्याक गर्यो । बार्साका लागि १९औं मिनेटमा एरिक गार्सिया, ३२औं मिनेटमा लामिन यामल, ३४औं मिनेटमा राफिना र ४५औं मिनेटमा राफिनाले गोल गरे ।

खेलको अन्तिम समयमा सब्सटीच्युट लोपेजले गरेको गोललाई भने रेफ्रीले ह्याण्ड भएको भन्दै मान्यता दिएनन् । 

३५औं चरणको खेल सकिँदै पहिलो स्थानको बार्सिलोनाको ८२ अंक छ भने दोस्रो स्थानको रियलको ७५ अंक छ । 

यो सिजनमा रियल र बार्सिलोनाको यो चौथो भेट हो । यसअघिको तीनै भेटमा बार्सिलोना विजयी भएको छ । अब सिजनको ३ खेल मात्र बाँकी छ । 

बार्सिलोनाले गत महिना रियललाई रोमाञ्चक कोपा डेल रेको फाइनलमा पराजित गरेको थियो । क्याटलान क्लबले यस सिजनको सुरुमा सान्टियागो बर्नाबेउमा सुपरकोपा र ला लिगामा रियललाई नमिठो हार चखाइसकेको छ ।  

रियलले हान्सी फ्लिकको उच्च रक्षात्मक रेखालाई पछाडि पार्न सक्दो प्रयास गर्नेछ ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर