• २०८२ जेठ ९ शुक्रबार
  • Friday, 23 May, 2025

श्रेष्ठलाई स्थायी समिति सदस्यः माओवादीमा मिसाउँदै नेसपा 

काठमाडौं । लामाे अन्याेल र पर्खाइपछि अन्ततः डा.बाबुराम भट्टराइसँग विभाजित भएकाे नेपाल समाजवादी पार्टी(नेसपा) माओवादी केन्द्रमा मिसिने पक्का भएकाे छ । नेसपा गङ्गानारायण श्रेष्ठ समूहले मात्र नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने तर महेन्द्र राय पक्ष भने सहभागि नहुने देखिएकाे छ ।

पार्टी एकता गर्ने पूर्वसहमतिबाट अध्यक्ष महिन्द्र राय यादव पछि हटेपछि श्रेष्ठ समूह माओवादीमा समाहित हुन लागेको हो । 

यसबारे निर्णय लिन सह–अध्यक्ष श्रेष्ठ समूहले जेठ ११ गते विस्तारित बैठक बोलाएका हुन् ।  केन्द्रीय समितिको बहुमतले पार्टी एकताको निर्णय गर्ने र सिंगो पार्टी माओवादी केन्द्रसँग एकतामा जाने उनले बताएका छन् ।

श्रेष्ठका अनुसार दुई पार्टीबिच १२ गते एकता घोषणा गर्ने तय भएको छ । माओवादीमा मिसिएपछि श्रेष्ठले स्थायी समिति सदस्यकाे जिम्मेवारी पाउने तय भएकाे  माओवादीका एक नेताले बताए ।

अन्य नेता कार्यकर्ताले पनि साेही अनुसारकाे कार्यविभाजन पाउने बताइएकाे छ । श्रेष्ठले भने पदाधिकारीमा दावी पेश गरेका थिए । हाल बागमती प्रदेश सभा सदस्य रहेका सिन्धुलीका उनी माओवादीका पुरानै जनयुद्धकालिन नेता हुन् ।

पूर्व–पश्चिम मध्यपहाडी मार्ग केन्द्रित अभियान अन्तर्गत जेठ १० गतेसम्मको कार्यक्रम सम्पन्न गरेर माओवादी टोली जेठ ११ गते काठमाडौँ आउँदै छन् । 

२०८० साल चैत ३ गते महिन्द्र सहितको समूहले माओवादीसँग पार्टी एकता गर्ने सहमति गरेको थियो । तर प्रचण्डले कोष्टमा रहेको माओवादी हटाउन सहमत नभएकाले तत्काल एकता प्रक्रियामा सहमत हुन नसक्ने महासचिव रमेशप्रसाद यादवले बताएका छन् ।

यस अघि डा. बाबुराम भट्टराइसँगै सहकार्य र एकता गर्ने चर्चा चलेपनि भट्टराइले कम्युनिष्ट र मार्क्सवाद नै नमान्ने बताएपछि सम्भव नभएकाे प्रचण्डले नै बताएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर