• २०८२ असार २६ बिहीबार
  • Thursday, 10 July, 2025

प्रहरीले बुझायो प्रतिवेदनः रविन्द्र, धवल र प्रसाईंलाई यस्तो मुद्दा लगाउने 

काठमाडौं । राजावादीहरुले राजतन्त्र फार्काउन भन्दै काठमाडौंको तीनकुनेमा देखाएको वितण्डा बारे नेपाली प्रहरीले अनुसन्धान रिपोर्ट बुझाएको छ । 

चैत १५ गते तीनकुनेमा भएको राजावादी प्रदर्शन हिंसात्मक भएको घटनामा प्रहरीले प्रतिवेदन बुझाएको हो।

सरकारी वकिल कार्यालयका प्रवक्ता गकुलबहादुर निरौलाका अनुसार प्रहरीले बिहीबार नै प्रतिवेदन बुझाएको हो। प्रहरीले १०८ जनाविरूद्ध मुद्दा चलाउनुपर्ने राय सरकारी वकिलसमक्ष दिएको छ।

अहिले प्रहरी परिसरमा ५३ जना प्रहरी हिरासतमा छन्। २६ जनामाथि राजद्रोह र संगठित अपराध र २७ जनामाथि आपराधिक उपद्रव कसुरमा प्रहरीले अनुसन्धान गरेको हो।

त्यसबाहेक प्रहरीले ३७ जनालाई हाजिर जमानीमा छाडेको थियो। राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, राप्रपा महामन्त्री एवं सांसद धवलशमशेर राणालाई हाजिर जमानीमा राखिएको छ। यस्तै यस घटनामा दुर्गा प्रसाईंसहित तीनै जनाविरूद्ध मुद्दा चलाउन राय प्रहरीले दिएको छ।

प्रहरीले बुझाएको प्रतिवेदनलाई अभियोजन गरी जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गर्नेछ।

प्रहरीले चैत १५ गते भएको घटनामा कतिपयमाथि राजद्रोह, आपराधिक उपद्रव, कर्तव्य ज्यान र ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको हो। १०८ जनालाई नै प्रहरीले संगठित अपराधको कसुरमा जोडेर अनुसन्धान अघि बढाएको थियो।

नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले तोकेका दुर्गा प्रसाईंलाई संगठित अपराधसहित पाँच वटा कसुरमा मुद्दा चलाउनुपर्ने प्रहरीको राय छ।

प्रवक्ता निरौलाका अनुसार उनीमाथि कर्तव्य ज्यान, ज्यानमार्ने उद्योग, राजद्रोह र आपराधिक उपद्रव कसुरमा मुद्दा चलाउन राय पाएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर