• २०८२ जेठ १२ सोमबार
  • Monday, 26 May, 2025

नेकपा एसमा मिसियाे जनसेवा नेपाल मोर्चा 

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) र जनसेवा नेपाल मोर्चाबीच एकता भएको छ। 

आइतबार नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगर काठमाडौँमा जनसेवा नेपाल मोर्चा एकीकृत समाजवादीमा समाहित भएको हो।

नेकपा (एकीकृत समाजवादी) ललितपुर र रामेछाप जिल्ला कमिटीको संयोजनमा पार्टी एकता गर्ने कार्य सम्पन्न भएको हो। 

मोर्चाबाट पार्टीमा समाहित नेताहरूलाई पार्टी अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता प्रमेश हमाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, उपाध्यक्ष जगन्नाथ खतिवडा, उपमहासचिव रामकुमार भट्टराई, सचिव मेटमणि चौधरीलगायले स्वागत गर्नु भएको हो।  

सविन पुलामीको नेतृत्वमा उक्त मोर्चा एकीतृ समाजवादीमा समाहित बनेको हो।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर