• २०८२ जेठ १५ बिहीबार
  • Thursday, 29 May, 2025

स्ट्यान्डर्ड चार्टर्ड बैंकले छैटौं पटक पायो ‘थ्री ए’ रेटिङ

नेपालको एक मात्र अन्तर्राष्ट्रिय बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडलाई क्रेडिट रेटिङ संस्था, आइसीआरए नेपालले छैटौंपटक पनि ‘[ICRANP-IR] AAA’ ’ रेटिङ पुनः पुष्टि गरेको छ। यो रेटिङ वित्तीय दायित्वहरू समयमै पुरा गर्न अत्यन्त उच्च सुरक्षाको सूचक हो, जसमा लगानीकर्ताको जोखिम न्यूनतम मानिन्छ।

आइसीआरए नेपालले जारी गरेको विश्लेषणमा बैंकको पूँजी स्थिति, जोखिम व्यवस्थापन क्षमता तथा सम्पत्ति गुणस्तरमा देखिएको मजबुती रिटिङ पुनः पुष्टि गर्ने मुख्य कारणहरू हुन्। चालु वर्षको मध्य अप्रिलसम्म बैंकको पूँजी पर्याप्तता अनुपात १७.४४ प्रतिशत र टियर–१ पूँजी १५.१५ प्रतिशत रहेको छ, जुन नियामक निकाय नेपाल राष्ट्र बैंकको न्यूनतम मापदण्ड ११ र ८.५ प्रतिशतभन्दा उच्च हो।

बैंकको नन–पर्फर्मिङ लोन (ल्एी) १.४४ प्रतिशत मात्र रहेको छ, जुन ‘क’ वर्गको बैंक औसत ५.०५ प्रतिशतभन्दा निकै न्यून छ। यस्ता संकेतहरूले बैंकको उधार प्रणाली, जोखिम नियन्त्रण अभ्यास र प्रतिस्पर्धी ब्याजदर प्रस्ताव गर्ने क्षमतामा मजबुती देखिएको उल्लेख गरिएको छ।

बैंकका सीईओ तथा हेड अफ कभरेज गोरख राणा भन्छन्, “छैटौं पटक पनि ब्ब्ब् रेटिङ प्राप्त गर्नु हाम्रो सेवाप्रतिको निरन्तर प्रतिबद्धता र विश्वसनीयताको प्रतिविम्ब हो। यसमा ग्राहक, लगानीकर्ता र हाम्रा समर्पित कर्मचारीहरूको योगदान अमूल्य छ।”

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालमा झण्डै ७० प्रतिशत स्वामित्व स्ट्यान्डर्ड चार्टर्ड ग्रुपको रहेको छ। बैंक नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत छ र हाल देशभर सबैभन्दा कम लागतमा निक्षेप संकलन गर्न सफल संस्थाका रूपमा स्थापित छ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर