विज्ञापन बोर्डको अध्यक्षमा फेरि लक्ष्मण हुमागाईं नियुक्त

काठमाडाैं । सरकारले विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईं दाेहाेरिएका छन् । मन्त्रिपरिषद बैठकले चार वर्षका लागि हुमागाईंलाई अध्यक्ष नियुक्त गरेको हो। उनी यसअघि पनि विज्ञापन बोर्ड अध्यक्ष थिए।
२०७८ असारमा उनलाई बोर्ड अध्यक्ष नियुक्त गरिएको थियो। हुमागाईं आफ्नो चार वर्षे कार्यकाल सकेर बिदा भएका थिए।
त्यसअघि हुमागाईं नेपाल टेलिभिजनको महाप्रबन्धक पनि थिए। यसपाली सार्वजनिक प्रशारण सेवाकाे अध्यक्षका लागि पनि उनले प्रयास गरेका थिए । तर महेन्द्र विष्टले नियुक्ति पाए ।
त्यस्तै सरकारले जापान सरकारबाट छात्रवृत्ति परियोजनाको लागि प्राप्त हुने जापानी येन ५७२ मिलियन (करिव ५३ करोड ७६ लाख रुपैयाँ ) बराबरको अनुदान सहायता स्वीकार गर्ने गरेको छ।
मन्त्रिपरिषदका निर्णय सुनाउँदै मंगलबार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले बाफिकोट–खुंग्री १३२ केभी प्रशारण लाइन आयोजनाको लागि ३.२७८ हेक्टर जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको बताए।
नेपाल कृषि अनुसन्धान परिषद्को कार्यकारी निर्देशक पदमा वरिष्ठ वैज्ञानिक डा. कृष्णप्रसाद तिम्सीनालाई नियुक्त गरेको पनि उनले बताए।
सरकारले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदसमक्ष पेश गर्न स्वीकृति दिने, सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदसमक्ष पेश स्वीकृति दिने, सार्वजनिक सेवा प्रशारण नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ।
प्रतिकृया दिनुहोस