• २०८२ जेठ १६ शुक्रबार
  • Friday, 30 May, 2025

१० सचिवहरुको सरुवा, वाणिज्यमा रामप्रसाद घिमिरे, गण्डकी प्रदेश पुगे शोभाकान्त पौडेल

काठमाडौं । सोमबार  बसेको मन्त्रिपरिषद बैठकले १० जना सचिवहरुको सरुवा गरेको छ ।

राष्ट्रपति कार्यालयमा रहेका रामप्रसाद घिमिरे उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय अन्तर्गत वाणिज्य सचिव बनेका छन् । यसअघिका वाणिज्य सचिव गोविन्द बहादुर कार्की मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालय पुगेका छन् ।

राष्ट्रिय प्रकृति स्रोत तथा वित्त आयोगका सचिव किरणराज शर्मा लोक सेवा आयोग पुगेका छन् । लोक सेवा आयोगमा रहेका सचिव डील्लीराम शर्मा स्वस्थ्य तथा जनसंख्या मन्त्रालय पुगेका छन् । दिपक काफ्ले राष्ट्रपति कार्यालय पुगेका छन् । प्रधानमन्त्री कार्यालयका सचिव चुडामणी पौडेल शिक्षा सचिव बनेका छन् ।

महादेव पन्थ बाग्मति प्रदेशबाट वित्त आयोग पुगेका छन् । रघुराम विष्ट महालेखा नियन्त्रक कार्यालय आएका छन् । भर्खरै बढुवा भएका शोभाकान्त पौडेल गण्डकी प्रदेशका मुख्य सचिव बनेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर