विपक्षीको अडानले संसद बैठक अवरुद्धः गृहमन्त्रीले राजीनामा बटमलाइन

काठमाडौं । विपक्षी दलहरूले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित भएको छ । बैठक सुरु हुनेवित्तिकै विपक्षी दलहरूले उठेर विरोध गरेका थिए ।
सभामुख देवराज घिमिरेले सदन सुरु भएको जानकारी गराउनासाथ विपक्षीहरूले उठेर विरोध गरेपछि बैठक आधा घण्टाका लागि स्थगित गरिएको हो ।
भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग विपक्षी दलहरूले मंगलबारदेखि संसद् अवरुद्ध गर्दै आएका छन् ।
विपक्षीले नाराबाजी गरेपछि मंगलबार आधा घण्टाका लागि स्थगित भएको बैठक पछि सूचना टाँसेर आज बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको थियो ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा पनि नेकपा (माओवादी केन्द्र), रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायत विपक्षी दलका सांसदहरूले अवरोध गरेका थिए।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग उनीहरूको छ।
तर सत्तारूढ कांग्रेस र एमाले भिजिट भिसा प्रकरणमा कर्मचारी मुछिएकोले गृहमन्त्रीले राजीनामा दिनु नपर्ने पक्षमा छन्।
प्रतिकृया दिनुहोस