• २०८२ जेठ १६ शुक्रबार
  • Friday, 30 May, 2025

‘जिउँदो मानिस जलाउने आलम रिहा हुनु न्यायालयको इतिहासमा कलंक’

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मोहम्मद अफताब आलमलाई सफाइ दिने  ‘बहादुर ’ न्यायाधीशलाई नेपाली जनताले बिर्सन नसक्ने बताएका छन् ।

बिहीबार सामाजिक सञ्जालमार्फत उनले जिल्ला अदालतबाट जन्मकैदको सजाय पाइरहेकालाई सफाइ दिँदै रिहा गर्न गरेको निर्णय नेपालको न्यायालयको इतिहासमा कलंकको रूपमा दर्ज भएको उल्लेख गरे ।

‘कलंकको कालो टीका लगाएर कालो दिन परिणत गर्ने  ‘बहादुर ’ न्यायाधीशहरूलाई नेपाली जनताले कहिले बिर्सने छैनन्,’ उनले लेखेका छन् ।

त्यस्ता, अपराधमा संलग्न व्यक्तिहरू समाजमा निर्दाेष बन्दै हिँड्ने स्थितिले समाजमा र आमनागरिकमा कस्तो कहालीलाग्दो स्थिति उत्पन्न गर्दछ भनेर प्रश्न गरेका छन् । उनले यसको जिम्मेवारी कसले लिने ? भनेर सोधेका छन् । 

‘हिजो जनकपुर उच्च अदालतको वीरगञ्ज इजलासले ईंटाभट्टामा जिउँदो मानिस जलाउने अभियोगमा जिल्ला अदालतबाट जन्मकैदको सजाय पाई जेलमा रहेका अफताव आलम लगायतका व्यक्तिहरूलाई सफाई दिँदै रिहा गर्न गरेको निर्णय नेपालको न्यायालयको इतिहासमा कलंकका रुपमा दर्ज भएको छ । कलंकको कालो टिका लगाएर कालो दिनमा परिणत गर्ने "बहादुर " न्यायाधीश हरुलाई नेपाली जनताले कहिल्यै बिर्सने छैनन्।त्यस्ता अपराधमा संलग्न व्यक्तिहरू समाजमा "निर्दोष "बन्दै हिड्ने स्थितिले समाजमा र आम नागरिकमा कस्तो कहाली लाग्दो स्थिति उत्पन्न गर्नेछ ? यसको जिम्मेवारी कसले लिने ? तसर्थ सबै क्षेत्रमा व्यापक कारवाही , रुपान्तरण र सुधारको निम्ति ठूलो जन अभियान सञ्चालन गर्नु जरुरी छ ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर