• २०८२ जेठ १६ शुक्रबार
  • Friday, 30 May, 2025

राजावादीको व्यवस्था पल्टाउने र एमालेको जोगाउने प्रदर्शन दुवै फितलाे

काठमाडौं । आज नेपालमा राजतन्त्रात्मक व्यवस्था अन्त्य भएर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिन । यही दिनलाई आधार मानेर राजावादीहरुले काठमाडौं रत्नपार्क केन्द्रीत राजा फर्काउने अभियानको सुरुवात गरेका थिए । निर्णायक र निरन्तर चल्ने भनिएको आन्दोलन फितलो देखिएको थियो । 

उता नेकपा एमालेले राजावादीहरुको प्रदर्शनका विरुद्ध निकालेको गणतन्त्र सांस्कृतिक र्याली पनि फितलो नै देखियो । एमालेले १ बजेसम्म रत्नपार्क क्षेत्रमा नै प्रदर्शन गरेको थियो भने त्यसपछि राजावादीहरु सडकमा उत्रिएका थिए । 

एमालेकाे प्रदर्शनमा ५ हजार हाराहारी मानिस भेला भएकाे हुन सक्ने सुरक्षा निकायकाे अनुमान छ । 

काठमाडाै‌ बाहिरबाट पनि मानिसहरु ल्याएकाले राजावादीहरुकाे प्रदर्शन अलि ठूलाे देखिएकाे थियाे । जसमा ८ हजारकाे हाराहारीमा मानिस सहभागी भएकाे हुनसक्ने अनुमान छ ।

एमालेकाे कार्यक्रममा बाेल्दै महासचिव शङ्कर पोखरेलले जनताको वलिदानीपूर्ण संघर्ष प्राप्त भएको गणतन्त्र जनताको सार्वभौमसत्ताको प्रतिकका रुपमा रहेको बताए । 

महासचिव पोखरेलले सिंगो राष्ट्रको ध्यान बजेटमा केन्द्रीत भइरहेको वेला जनताको विजयको उत्सवको दिनलाईपछाडि फर्काउने अवाञ्छीन गतिविधि भइरहेको बताए । 

उनले गणतन्त्र विरोधि क्रियाकलाप भइरहेको वेला पार्टीले गणतन्त्रलाई जनताको उत्सवको रुपमा मनाउनुपर्दछ भनेर देशव्यापी रुपमा उत्सव मनाउन थालिएको बताए । उनका अनुसार एमाले सवै पालिकामा गणतन्त्र दिवस मनाउन थालिएको हो । 

विहान ११ बजेदेखि एमालेले आरआर क्याम्पस, पद्यमकम्या क्याम्पस, बागबजार अगाडिबाट, अनामनगरसहित विभिन्न स्थानबाट आ–आफ्नो भेषभूषा,सांस्कृतिक झाकी ¥यालीसहित प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा भेला भएर वृहत ¥याली निस्केको थियो । र्याली शहिदगेट, सुन्धारा रत्नपार्क हुँदै पुन भृकुटीमण्डपमा पुगि समापन गरिएको थियो । उत्सवमा पञ्चेवाजा, झ्याली, नेवारी सस्कृति झल्कने भेषभुषामा प्रर्दशन गरिएको थियो । 

गत यहि जेठ ११ गते बसेको सचिवालय बैठकले गणतन्त्र दिवसको दिन आज साँस्कृतिक झाँकीसहित देशभर उत्सव मनाउने निर्णय गरेको थियो । 

राजावादीहरुले विभिन्न राजावादी शक्तिहरुकाे स‌युक्त प्रदर्शन गरेका थिए । 

‘संयुक्त जनआन्दोलन समिति’काे नाममा राजावादीकाे प्रदर्शनबाट तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बिहीबार रत्नपार्क क्षेत्रमा भएको प्रदर्शन साँझ ५ बजे सकिएको छ। कार्यक्रम स्थलमा घुसपैठ गर्न खोजेको आरोपमा प्रदर्शनकारीले नै तीन जनालाई नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएको जिल्ला प्रहरी परिसर काठमाडौं‌का एसपी अपिलराज बोहराले बताए।

बिहीबारदेखि नवराज सुवेदी नेतृत्वको समितिको आह्वानमा प्रदर्शन  सुरू भएको हो। 

नवराज सुवेदी नेतृत्वको 'संयुक्त जनआन्दोलन समिति' को आह्वानमा बिहीबारदेखि काठमाडौंमा प्रदर्शन सुरू भएको छ। समितिले गरेको आन्दोलनलाई राप्रपा, राप्रपा नेपाललगायत दल तथा समूहहरूले पनि समर्थन जनाएका छन्।

संयोजक सुवेदी, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायत आन्दोलनमा पुगेका छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर