राजावादीहरूको आन्दोलन दोस्रो दिन बबरमहलमा

काठमाडौं । राजावादीहरूको आन्दोलन दोस्रो दिन आज पनि निरन्तर चलेकाे छ।
बिहीबार (हिजो) रत्नपार्कको शान्ति वाटिकाबाट सुरु भएको आन्दोलन लक्ष्य प्राप्ति नभएसम्म जारी रहने राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिले जनाएको छ।
समितिकै छातामुनि जारी आन्दोलनमा राप्रपा, राप्रपा नेपाल, शिवसेना नेपालगायत संलग्न छन्।
दोस्रो दिन आज काठमाडौंको माइतीघरमा गरिएको आन्दोलन अहिले कोणसभामा परिणत भएको छ।
त्यहाँ नेताहरूले सम्बोधन गरेका छन्। प्रदर्शनका कारण बानेश्वर वरपरकाे सवारी आवागमन प्रभावित भएकाे थियाे ।
'जनआन्दोलन दोश्रो दिनको कार्यक्रम सफलतापूर्वक सम्पन्न। तेश्रो दिनको कार्यक्रम भोलि जेठ १७ गते महेन्द्र शालिक अगाडि, दरमार्गमा, नारायणहिटी राजदरबारकै सामुन्ने, राप्रपाका प्रवक्ता माेहन श्रेष्ठले भनेका छन् ।
प्रतिकृया दिनुहोस