• २०८२ जेठ १९ सोमबार
  • Monday, 2 June, 2025

पूर्वराष्ट्रपति भण्डारी र चिनियाँ उपराष्ट्रपतिबीच भेट, एमालेमा तरंग

काठमाडाैं । चीनको भ्रमणमा रहेकी पूर्वराष्ट्रपति विद्या भण्डारीले चिनियाँ उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गरेकी छिन्। 

साताव्यापी भ्रमणमा क्रममा चीनको गान्सु प्रान्त पुगेकी उनले शनिबार चिनियाँ उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गरेकी हुन्।

भ्रमण टोलीमा रहेका नेकपा एमालेका नेता कर्णबहादुर थापाका अनुसार उनीहरुबीचको भेटमा दुई देशबीचको कूटनीतिक स्तर र पार्टीस्तरीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा कुराकानी भएको थियो। 

भण्डारीकाे चीनमा भएकाे उच्चस्तरीय भेटवार्ताले नेकपा एमालेमा भने तरंग सृजना गरेकाे कितपय नेताहरूले बताउने गरेका छन् । भण्डारीले चीनका राष्ट्रपतिसँग समेत भेट्ने बताइएकाे छ । उनी नेपाल फर्कीएपछि वामपन्थी दलहरूबीचकाे एकतामा जाेड दिदै एमालेकाे नेतृत्वमा फर्कने सक्ने अनुमान गरिएकाे छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर