• २०८२ जेठ २२ बिहीबार
  • Thursday, 5 June, 2025

दोस्रो मैत्रीपूर्ण खेल: नेपाल आज थाइल्याण्डसँग खेल्दै

काठमाडौँ । नेपालले दोस्रो मैत्रीपूर्ण खेलमा आज थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। खेल थाइल्यान्डको घरेलु मैदान थामासात स्टेडियममा अपराह्न ४ः४५ बजे सुरु हुनेछ।

क्लोज डोरमा भएको पहिलो मैत्रीपूर्ण खेल भने नेपालले १-० गोल अन्तरले गुमाएको थियो।  

एएफसी महिला एसियन कप अष्ट्रेलिया २०२६ को छनोट चरणको तयारी स्वरूप नेपालले थाइल्यान्डमा मैत्रीपूर्ण खेल खेल्न लागेको हो। छनोट मे ४ देखि सुरु हुनेछ। नेपाल रहेको समूह ‘एफ’ मा लाओस, श्रीलंका र उज्बेकिस्तान छन्।

३४ टिमलाई ८ समूहमा विभाजन गरेर छनोट खेलाउन लागिएको हो। जसमध्ये नेपाल रहेको सहित ६ वटा समूहमा चार-चार र बाँकी दुई समूहमा पाँच-पाँच राष्ट्र छन्। छनोट चरणका खेलहरू क्याम्बोडिया, इन्डोनेसिया, जोर्डन, म्यानमार, ताजिकिस्तान, थाइल्यान्ड, उज्बेकिस्तान र भियतनाममा हुनेछन्।

समूह विजेताहरूले सन् २०२६ को मार्च १ देखि २६ सम्म हुने फाइनल चरणमा चीन, कोरिया रिपब्लिक र जापानसँग प्रतिस्पर्धा गर्नेछन्। चीन डिफेन्डिङ च्याम्पियन हो।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर