• २०८२ जेठ २३ शुक्रबार
  • Friday, 6 June, 2025

२ सय २६ रनको लक्ष पछ्याउँदै नेपालको मध्यम व्याटिङ

काठमाठौं ।  आइसीसी विश्वकप लिग–२ एक दिवसीय त्रिकोणात्मक सिरिज अन्तर्गत नेदरल्यान्डविरुद्ध जितका लागि नेपालले २ सय २६ रनको लक्ष्य पाएको छ। c

अहिले ब्याटिङमा मैदानमा रहेकाे नेपालले २४ अेाभर खेल्दै ३ विकेट गुमाएर ९४ रन जाेडेकाे छ । 

स्कटल्यान्डको डुन्डीमा टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड ५ बल अगावै २ सय २५ रन बनाउँदा अलआउट भयो। 

तेस्रो विकेटका लागि विक्रमजित सिंह र कप्तान स्कट इडिवार्डसले ७२ रनको साझेदारी गर्दै नेदरल्यान्डको इनिङस् उकासेका थिए। ५६ बलमा २ चौका हानेका विक्रमजित ३८ रन बनाउँदा सन्दीप लामिछानेको बलमा आरिफ शेखको हातबाट क्याच आउट हुन पुुगे। 

कप्तान स्कटले ७१ बलमा ४६ रन बनाउँदा ललित राजवंशीको बलमा रोहित पौडेलको हातबाट क्याच आउट भए। नोह क्रोइस ४८ रन बनाउँदा सोमपाल कामीको बलमा बोल्ड आउट भए। 

जच लायन–क्याचेट २७ रन बनाउँदा ललित कै बलमा करण केसीको हातबाट क्याच आउट हुन पुगे। तेजा निडामनुरु १३ रन बनाउँदा सन्दीप लामिछानेको बलमा दिपेन्द्रसिंह ऐरिको हातबाट क्याच आउट नै हुन पुगे। रोइलोफ भान डेर मेर्वे २० रनमा रनआउट भए।


ओपनर माइकल लेविट १ र म्याक्स ओ डाउड ४ रनमा पेभेलियन फर्के। सोमपाल कामीले अन्तिम ओभरको पहिलो बलमा भिभियन किंग्मालाई १ रनमा बोल्ड आउट गर्दै डच टोलीलाई अलआउट गरेका थिए। 

नेपालका लागि सोमपाल कामीले तीन विकेट लिए। करण केसी, सन्दीप लामिछाने, ललित राजवंशीले समान २ विकेट लिए। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर