• २०८२ जेठ २३ शुक्रबार
  • Friday, 6 June, 2025

आईपीएलको खुसीयालीमा भेला भएकाहरुबीच भागदौड हुँदा ११ जनाको मृत्यु

काठमाडौं । भारतको बैंङलोरमा आईपीएल क्रिकेट जितको खुसीयाली मनाउने क्रममा भएको भागदौडमा परि ११ जनाको ज्यान गएको छ । भारतीय संचारमाध्यमका अनुसार अन्य २४ जना घाइते भएका छन् । जसमा ६ वर्षकी बालिकासमेत छन् । 

रोयल च्यालेन्जर्स बेंगलुरुले १८ वर्षपछि आइपिएल जितेको खुसियालीमा भारतको बेंगलुरुमा भएको उत्सवले दुःखद मोड लिएको हाे।  

कर्नाटक राज्य क्रिकेट संघ (केएससीए) ले आयोजना गरेको टोलीको सम्मान कार्यक्रमका लागि एम चिन्नास्वामी स्टेडियम नजिक भीड जम्मा भएपछि यो भिडमा भागदौड सुरु भएको हो।

प्रहरीले घाइते र बेहोस मानिसहरूलाई नजिकैको अस्पतालमा लगेको छ। उत्सव हेर्न आएका धेरै मानिसहरू भागदौडका क्रममा बेहोस भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

स्टेडियम नजिकका केही बेंगलुरु मेट्रो स्टेशनमा पनि रेलबाट ओर्लिएर भर्याङतर्फ लागिरहेका मानिसहरूको ठूलो भीड देखिएको थियो।

उत्सवको एक झलक पाउन मानिसहरू रूख चढिरहेका र हाँगाहरूमा बसिरहेका देखिएका थिए। कर्नाटक सरकारले सुरक्षाको कारण देखाउँदै स्टेडियमसम्म हुने भनिएको विजय जुलुस रद्द गरेको थियो।

प्रहरीले मंगलबार रातिदेखि नै उत्सव मनाइरहेको भीडलाई नियन्त्रणमा लिइरहेको बताएको छ।

समाचार एजेन्सी आइएएनएसका अनुसार प्रहरी रातभर भीड व्यवस्थापन गर्न र कुनै अप्रिय घटना हुन नदिन लागिपरेको थियो। तर त्यसका बाबजुत याे हताहतीकाे समाचार सार्वजनिक भएकाे हाे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर