• २०८२ जेठ २२ बिहीबार
  • Thursday, 5 June, 2025

२ सय ९७ रनको लक्ष्य भेट्ला नेपालले ?

काठमाडौं । स्कटल्यान्डले विश्वकप क्रिकेट लिग–२ मा सोमबार नेपाललाई २ सय ९७ रनको लक्ष्य दिएको छ । नेपालका कप्तान रोहित पौडेलले डन्डीको फोर्थहिलमा टस जितेर ब्याटिङको निम्ता गरेपछि स्कटल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाई २ सय ९६ रन बनायो ।

खेलको पहिलो ओभरमै जर्ज मुन्सीले रिजन ढकाललाई २ चौकासहित १२ रन प्रहार गरेका थिए । उनै रिजनले आफ्ना दोस्रो तथा खेलको तेस्रो ओभरमा मुन्सीलाई आउट गरेका थिए । सोमपालले ब्रान्डेन म्याकमुलेनलाई १९ रनमा आउट गरि नेपाललाई दोस्रो सफलता दिलाए ।

चार्ली टिएर र कप्तान रिची बेरिङटनले तेस्रो विकेटमा ८० बलमा ७९ रनको साझेदारी गरेपछि स्कटल्यान्ड मजबुत स्कोरतर्फ अग्रसर भएको थियो । टिएरले ८० रन जोड्दै एकदिवसीय अन्तराष्ट्रियमा आफ्नो उच्च स्कोर बनाए । उनले ७२ बल खेलि १२ चौका र रिजनलाई १ छक्का प्रहार गरे । भेट्रान बेरिङटनले ४६ बल खेलि ३ चौका र २ छक्का प्रहार गरी ४० रन बनाए ।

करण केसीले लगातार २ ओभरमा टिएर र बेरिङटनलाई विकेटको पछाडि क्याच गराए । म्याथ्यु क्रस र फिन्ले म्याकक्रिएथले पाँचौं विकेटमा ७८ रनको अर्को महत्त्वपूर्ण साझेदारी गरे । क्रसले ५६ बल खेली ३ चौका प्रहार गरी सन्दीप लामिछानेको बलमा आउट भए । लामिछानेले १० ओभरमा जम्मा ४४ रन खर्चदै एक विकेट लिएका हुन् ।  

करण, सोमपाल र रिजनले २–२ विकेट लिए । करणले १० ओभरमा १ मेडन राख्दै ४३ र सोमपालले १० ओभरमा ६६ रन खर्चे । तर रिजनले १० ओभरमा ७८ रन दिन पुगे । 

स्कटल्यान्ड १६ खेलमा २० अंक जोडि चौथो स्थानमा छ र टोली शीर्ष स्थानको अमेरिकाभन्दा ६ अंकले मात्र पछाडि छ । अमेरिकाको तुलनामा स्कटल्यान्डले ४ खेल कम खेलेको छ । नेपाल १२ खेलमा ६ अंकमात्र जोडी पुछारमा रहेको छ । 

८ राष्ट्र सहभागी प्रतियोगिताको शीर्ष चार टोली २०२७ को विश्वकप छनोटमा पुग्ने छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर