गृहमन्त्री लेखकविरुद्ध संसदमा लाग्यो 'मानव तस्करलाई कारबाही गर'काे नारा

काठमाडौं । प्रतिनिधिसभामा प्रतिपक्षी दलका सांसदहरूले भिजिट भिसा प्रकरणमा जाेडिएका गृहमन्त्री रमेश लेखकविरूद्द नारा लगाएका छन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा तथा छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग बनाउने माग गर्दै जेठ १३ गतेबाट अवरोध गर्दै आएका विपक्षीले आज पनि बैठकमा अवरोध गरिरहेका छन् ।
बैठक अवरोधका लागि उठिरहेका प्रतिपक्षी दलका सांसदहरूले मानव तस्करलाई कारबाही गर भन्ने नारा लगाइरहेका हुन् । सभामुख देवराज घिमिरेले माइक नदिए पनि सांसदहरूले मानव तस्करलाई कारबाही गर भन्ने नारा लगाएको सुनिइरहेको छ ।
नाराको सुरुवात राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद्वय सुमना श्रेष्ठ र हरि ढकालले पालैपालो गरिरहेका छन् । त्योसँगै गृहमन्त्री राजीनामा दे भन्ने नारा पनि प्रतिपक्षीहरूले लगाइरहेका छन् । अहिले पनि संसदमा अवरोध भइरहेको छ ।
सभामुख देवराज घिमिरेले दलीय रूपमा बोल्न दिने तर, त्यसका लागि कार्यसूचीमा प्रवेश गर्न बसेर सहयोग गर्न बारबार आग्रह गरे तर, प्रतिपक्ष दलका सांसदहरू उल्टै नाराबाजीमा उत्रिए। प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रसहित रास्वपा, राप्रपा, एकीकृत समाजवादीले संसद् अवरुद्ध गर्दै आएका छन्।
प्रतिकृया दिनुहोस