• २०८२ जेठ ३० शुक्रबार
  • Friday, 13 June, 2025

भिजिट भिसा प्रकरणको टुंगो लगाएर मात्रै बजेटमाथि छलफल–वर्षमान

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले बजेटमाथिको छलफल सुरुगर्नु अघि गृहमन्त्री रमेश लेखक सम्लग्न भएको भनिएको भिजिट भिसा प्रकरणबारे टुंगो गर्नुपर्ने बताएकाे छ । 
 
माओवादी केन्द्रका उपमहासचिव तथा सांसद वर्षमान पुनले बजेटमाथि छलफल हुनुपूर्व भिजिट भिसा प्रकरण सल्टिनुपर्ने बताए। 

बुधबार (आज) नयाँ बानेश्वरमा पत्रकारहरूसँग कुरा गर्दै पुनले भने, 'सदन चलाउनुपर्छ, त्यो सरकारको जिम्मेवारी हो। बजेट हामीले प्रस्तुत हुन दिएका छौँ, त्यसमाथि छलफल हुनुपर्छ। त्यसअघि खासगरी भिजिट भिसासम्बन्धी प्रकरणलाई सरकारले सल्टाउनुपर्छ ।'  

उनले सरकार लचक बन्नुपर्ने बताए। आफूहरूले विषयलाई सहज ढङ्गले सल्टाउन खोजेको उल्लेख गर्दै भने, 'सरकार लचक बन्नुपर्‍यो, किन इस्यू होइन भन्नुपर्‍यो। कि प्रतिपक्षले उठाएको इस्यू बेठीक छ भन्न सक्नुपर्छ कि सही छ भने छलफलमार्फत टुङ्ग्याउनुपर्छ।'

गृहमन्त्री रमेश लेखक दोषी छन् भनिएका भिजिट भिसा प्रकरणमा छानबिन समितिको माग गर्दै प्रतिपक्ष दलहरूले संसद् अवरुद्ध गर्दै आएका छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर