• २०८२ जेठ ३१ शनिबार
  • Saturday, 14 June, 2025

एमाले अखिलमा ओली पक्षीय कडरिया ७ मतले विजयी, अरू काे काे निर्वाचित ?

काठमाडौं । तिब्र प्रतिस्पर्धाकाबीच नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा डा. सुजन कडरिया विजयी भएका छन्।

आफ्ना प्रतिस्पर्धी प्रकाश पौडेललाई ७ मतको झिनो अन्तरले पराजित गर्दै कडरिया अखिल अध्यक्षमा निर्वाचित भएका हुन्। कडरिया एमाले अध्यक्ष केपी अेाली पक्षबाट चुनावी मैदानमा उत्रिएका थिए ।

अखिलको मत परिणाम अनुसार कडरियाले ७३२ मत प्राप्त गरी जित हात पार्दा अध्यक्षका अर्का उम्मेदवार पौडेलले ७२५ मत प्राप्त गरेका छन्।

पाैडेल उनै उम्मेदवार हुन् जसले बन्दसत्रलाइ चुनावसम्म लैजान बाध्य बनाएका थिए । 

अध्यक्ष अेालीसँगकाे समन्वयमा अखिलकाे निर्वाचन मण्डलले डा. कडरियालाइ सर्वसम्म अध्यक्षमा प्यानल नै प्रस्ताव गरेकाे थियाे । तर पाैडेलले चुनावकाे माग गर्दै टिका लगाउन लागिएकाे बन्दसत्रमा नारावाजी गराएका थिए ।

खुला उपाध्यक्षमा विकास श्रेष्ठ र महिला तर्फ अञ्जना सिवाकोटी निर्वाचित भएका छन् । 

त्यस्तै, महासचिवमा दीपक धामी र उप महासचिवमा कमल जोशी निर्वाचित भएका छन् ।

चार जना सचिव पदमा आकाश घर्ती मगर (३६० मत), रचना सापकोटा (३०४ मत), समिम बाबु खान (२७३ मत) र गोपाल नेपाल (२६८ मत) विजयी भएका छन्।

केन्द्रीय आयोगतर्फ निर्वाचन आयोगको अध्यक्षमा जित प्रसाद सिटौला, उपाध्यक्षमा प्रविन गिरी र सचिवमा विशाल पराजुली विजयी भएका छन्। 

लेखा आयोगको अध्यक्षमा अञ्जलि लम्साल, उपाध्यक्षमा समीक्षा ढकाल र सचिवमा गगनसिंह बस्नेत विजयी भएका छन्।

अनुशासन आयोगको अध्यक्षमा सुमन घिमिरे, उपाध्यक्षमा आकाश गिरी र सचिवमा स्मृति अधिकारी विजयी भए। 

नीति योजना तथा अनुसन्धान आयोगको अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्षमा योगेश बम र सचिवमा विष्णु पाण्डे विजयी भएका छन्।

जेठ २५ गतेदेखि काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा जारी महाधिवेशन बिहीबार नयाँ नेतृत्वको लागि निर्वाचन सम्पन्न भएको थियो।

विद्युतीय मेसिनबाट भएको मतदानमा १५५१ मध्ये १४५० मत खसेका थिए। एक दिन ढिलागरी चुनाव सम्पन्न भएपछि पाैडेल पक्षीय कतिपय नेताहरूले भने कडरियाकाे पक्षमा माहाेल बनाउन याेजनाबद्द समय सारिएकाे दावी समेत गरेका छन् ।

अखिलमा विद्यार्थीसँग भिजेर मैदानमा काम गरेकाे हिसावले कडरिया भन्दा पाैडेल पपुलर रहेकाे अखिलकै विद्यार्थीहरू बताउँछन् ।

पाैडेललाइ भने एमाले भित्र हाल विकास हुँदै गएकाे अध्यक्ष अेाली भन्दा विपक्षकाे शक्तिले साथ दिएकाे चर्चा हुने गरेकाे छ । 

सिंगो संस्थापन नै कडरियाको पक्षमा लाग्दा पनि जम्मा ७ मतले पराजित हुनुलाई पौडेल पक्षले भने विजयकै रुपमा अर्थ लगाएका छन् । 

यस अघि एमालेको युवा संगठनमा भएको चुनावमा पनि ओली पक्षीय क्षिजित थेवेले झिनो मतान्तरले जितेका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर