• २०८२ जेठ ३१ शनिबार
  • Saturday, 14 June, 2025

हमासपछि इजरायलले थाल्याे इरानमाथि आक्रमण

एजेन्सी । हमासविरूद्ध अहिले पनि युद्धमा रहेकाे इजरायलले इरानमाथि पनि हमला सुरू गरेकाे छ ।  इजरायलका रक्षा मन्त्री इजरायल काट्जका अनुसार देशमा संकटकाल घोषणा गरिएको हो। प्रतिराेध आक्रमणको सम्भावनालाई ध्यानमा राख्दै इजरायलमा आपतकालीन अवस्था लागु गरिएको छ।

आक्रमण ६ न्यूक्लियर साइटहरुमा केन्द्रीत रहेको र २ न्युक्लियर बैज्ञानिकहरुको मृत्यु भएको अलजजिराले जनाएको छ । 

इजरायलले इरानमाथि आक्रमण मिसाइल वा ड्रोन आक्रमणको सम्भावना भएकाले शैक्षिक गतिविधिहरू, भेला र कार्यस्थलहरूमा प्रतिबन्ध लगाइएको छ।

इरानी सरकारी सञ्चारमाध्यम आईआरएनएका अनुसार तेहरानमा लगातार विस्फोटहरूको आवाज सुनिएको छ। इजरायलको प्रारम्भिक हमला मुख्यतया इरानको आणविक कार्यक्रम र लामो दूरीका क्षेप्यास्त्र क्षमतामाथि लक्षित गरिएको इजरायली सैन्य अधिकारीले जानकारी दिएका छन्।

उक्त हमला ‘सटीक र समन्वित आक्रमण’ भएको बताइएको छ, जसमा इरानका विभिन्न क्षेत्रमा रहेका ‘दर्जनौँ लक्ष्यहरू’ समेटिएको थियो। इजरायलले इरानमाथि यस्ता हमलाहरू क्रमशः जारी राख्ने योजना बनाएको पनि एक इजरायली स्रोतले सीएनएनलाई बताएका छन्।

इरानको सरकारी टेलिभिजनले इजरायलले शुक्रबार बिहान गरेको आक्रमणमा तेहरानस्थित ‘इस्लामिक रिभोलुसनरी गार्ड्स’ को मुख्यालयलाई पनि लक्षित गरिएको जानकारी दिएको छ। स्थानीय सञ्चारमाध्यमहरूले उक्त स्थानमा आगो र धुवाँ निस्किएको देखिएको प्रत्यक्षदर्शीहरूको हवाला दिँदै जनाएका छन्।

सञ्चारमाध्यमका अनुसार इजरायली मिसाइलले तेहरान र अन्य सहरका आवासीय क्षेत्रहरूमा पनि प्रहार गरेका छन्। रायटर्सले इरानी टेलिभिजनलाई उद्धृत गर्दै मारिनेहरूमा बालबालिका पनि रहेको जनाएको छ।

इरानले हवाईमार्ग अस्थायी रूपमा बन्द गरेको छ । तेहरानमा हालसम्म ६ देखि ९ वटा विस्फोट भएको रिपोर्ट आएको छ। 

संयुक्त राज्य अमेरिकाले इजरायलले इरानमाथि गरेको हमलामा आफ्नो कुनै संलग्नता वा सहयोग नरहेको बताएको छ ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर