माधवकुमारको सांसद पद निलम्बनबारे संसदलाई जानकारी

काठमाडौं । सभामुख देवराज घिमिरेले नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा सांसद माधवकुमार नेपाललाई नैतिक पतन देखिने भ्रष्टाचारको मुद्दा लागेकाले उनको सांसद पद निलम्बनमा परेको जानकारी गराएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विषेश अलादतमा भ्रष्टाचार मुद्दा दायर गरेकाले सो मुद्दाको किनारा नलागेसम्म उनको सांसद पद निलम्बन हुने उनले जानकारी गराएका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा पतञ्जली योगपिठ तथा आयुर्वेद कम्पनी नेपालले काभ्रेपलाञ्चोक जिल्लाको नासिकास्थान साँगा महेन्द्रज्योतिमा हदबन्दी भन्दा बढी जग्गा खरिदबिक्री गर्न दिइ सरकारी सार्वजनिक सम्पत्ति हिनामिना हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोप लगाउँदै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अध्यक्ष नेपाल नेकपा (एकीकृत समाजवादी) को तर्फबाट रौतहट-१ बाट निर्वाचित सांसद हुन् ।
प्रतिकृया दिनुहोस