युवा नवप्रवर्तनको विकासका लागि प्रवर्द्धन शिविर सञ्चालन

काठमाडौं। युवाहरुको नविन ब्यवसायिक सोचलाई सम्वर्द्धन गर्दै उद्यमसम्म पुर्याउनका लागि राष्ट्रिय युवा परिषदले देशका विभिन्न भागमा नवप्रवर्तन तथा इन्कुवेसन कार्यक्रम सञ्चालन गरिरहेको छ। परिषदले युवाको नवप्रवर्तनात्मक सोचलाई उद्यमसम्म विकास र विस्तार गर्ने अभिप्रायले सो प्रवर्द्धन शिविर( वुट क्याम्प ) सञ्चालन गरेको जनाएको छ।
शुक्रवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय परिसरमा नवप्रवर्तन तथा इन्कुवेसन कार्यक्रम अन्तर्गत शुरु भएको सातदिने प्रवर्द्धन शिविरमा राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवाका नविन ब्यवसायिक सोचलाई उद्यमदेखि उद्योगसम्म पुर्याउन मद्धत गर्ने उदेश्यले यसखालको कार्यक्रम सञ्चालन गरिएको वताए।
काठमाडौं विश्वविद्यालय परिसरमै रहेको नेपाल प्रविधि नवप्रवर्तन केन्द्रका कार्यकारी निर्देशक डा.विमकुमार श्रेष्ठले युवाहरुका नविनतम् सोचलाई परिस्कार र परिमार्जन गर्दै सम्वर्द्धन गर्न यस्ता शिविरले महत्वपुर्ण टेवा पुग्ने वताए।
परिषदले आह्वान् गरेको खुला अनलाइन आवेदन फारम भरेका युवाहरु मध्येवाट छनौट भएका नवदित् युवाहरुले प्रवर्द्धन शिविरमा भाग लिन्छन्।शिविरमा उनीहरुका फरक फरक ब्यवसायिक सोचलाई विषय विज्ञहरुद्वारा मार्गदर्शन र परिमार्जन गर्दै सम्वर्द्धन गरिने परिषदका उपसचिव तारापति खरेलले जनाए। शिविर सकिएपछि पनि विज्ञहरुले उनीहरुलाई मार्गदर्शन(मेन्टरिङ्) गरिरहने खरेलले वताए।
यसअघि चितवनको भरतपुर , मकवानपुरको हेटौंडा , लुम्विनीको वुटवल लगायतका स्थानहरुमा पनि परिषदको आयोजनामा नवप्रवर्तन तथा इन्कुवेसनका लागि सातदिने प्रवर्द्धन शिविर (वुट कयाम्प) सञ्चालन भइसकेको छ।
प्रतिकृया दिनुहोस