• २०८२ असार ५ बिहीबार
  • Thursday, 19 June, 2025

आलम छोड्ने दुई न्यायाधीश न्याय परिषदमा तानिए

काठमाडौं । मानिसलाई जिउँदै इट्टा भट्टामा हाल्ने कांग्रेस नेता अफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जका दुई न्यायाधीश न्याय परिषदमा तानिएका छन् । 

न्यायाधीश खुसीराम थारु र अर्जुन महर्जनविरुद्ध पीडित परिवारका तर्फबाट मृतक पिन्टु त्रिलोकका बुबाले उजुरीसमेत परेको छ । 

थारुलाई न्यायाधीश बनाउने नेपाली काँग्रेसले सिफारिस गरेको थियो । 

न्याय परिषदमा यसअघि नै वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले दुवै न्यायाधीशको सुरक्षालाई समेत ध्यानमा राखेर परिषदमा तान्नुपर्ने प्रस्ताव राखेका थिए । तर प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र कानूनमन्त्री अजय चौरसियाले मानेका थिएनन् ।

यसबीचमा थारुमाथि दुर्व्यवहारसमेत भएको थियो । आलमलाई जिउँदै इट्टाभट्टामा जलाएर मान्छे मारेको अभियोगमा जिल्ला अदालतले सर्वस्वसहित जन्म कैदको फैसला गरेको थियो ।

तर, उच्च अदालतका न्यायाधीश थारु र महर्जनको इजलासले सफाइ दिएपछि यसको देशभर चर्चा भयो ।  

परिषदको विहीबारको बैठकले एक सदस्यीय छानबिन समिति बनाएर उनीहरूलाई कार्यक्षेत्रबाट तानिएको एक सदस्यले बताए ।

बिहीबारको संसदको बैठकमा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले समेत यसबारे प्रश्न उठाएका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर