ओलीको क्षेत्रमा बजेट खन्याएको भन्दै कड्किए कांग्रेसका सांसद (भिडियाे)

काठमाडौं । नेपाली कांग्रेसका संसदहरुले नै सरकारले ल्याएको बजेटको चर्को विरोध गरेका छन् ।
दाङबाट निर्वाचित सांसद दीपक गिरीले दाङमा बन्ने भनिएको टरीगाउँ विमानस्थल निर्माणका लागि नागरिक उड्यान मन्त्रालयले बजेट विनियोजन नगरेकोमा आक्रोष व्यक्त गरे ।
उनले प्रधानमन्त्री केपी ओलीको क्षेत्रमा विनियोजन गरिएका आधा दर्जन आयोजनाको नाम पढेरै सुनाए । यस्ता धेरै योजना सत्तामा रहेका नेताहरुको क्षेत्रमा खन्याईएको तर गठबन्धन दलकै सांसद भएपनि आफूहरुलाई हेपिएको उनले आक्रोष पोखेका हुन् ।
प्रतिकृया दिनुहोस