संसद सहज बनाउन भएन पहलः आज पनि बहिष्कार र अवराेधबिच बैठक

काठमाडौं । राप्रपाकाे बहिष्कार र रास्वपाकाे अवराेधकाबीच झण्डै एक महिनादेखि चलिरहेकाे संसद सहज बनाउन पहल भएकाे छैन । सरकार र संसदकाे नेतृत्व गरिरहेकाहरूले सहजितकरणका लागि भूमिका खेल्नुपर्नेमा यी दुवै स्थानमा रहेकाे नेकपा एमाले बरू भड्काउने अभिव्यक्ति दिइरहेकाे छ ।
त्यसका बाबजुत संसदमा बजेटमाथिकाे छलफल भने चलिरहेकाे छ । प्रतिनिधिसभा बैठकमा आज विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ र स्पष्टीकरण दिने कार्यसूची छ। संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बैठक बस्नेछ ।
विनियोजन विधेयक, २०८२ अन्तर्गत, वन तथा वातावरण, संघीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा जलस्रोत तथा सिँचाइ, रक्षा, कृषि तथा पशुपन्छी विकास, स्वास्थ्य तथा जनसङ्ख्या, कानुन, न्याय तथा संसदीय मामिला, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफलको क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ।
त्यसैगरी युवा तथा खेलकुद, भौतिक पूर्वाधार तथा यातायात, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, उद्योग वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, खानेपानी, शिक्षा, विज्ञान तथा प्रविधि, परराष्ट्र, श्रम रोजगार तथा सामाजिक सुरक्षा, गुह र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका शीर्षकमाथि पनि छलफलका क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ ।
प्रतिकृया दिनुहोस