• २०८२ असार १० मंगलबार
  • Tuesday, 24 June, 2025

अभियान्ता बोहोराले भेटे प्रचण्ड

काठमाडाैं । वातावरण संरक्षण अभियान्ता नवराज बाेहराले प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डसँ भेट गरेका छन् ।

भेटमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड समक्ष सुर्खेतदेखि एक महिनाको लामो पैदल यात्रा गरी काठमाडौं आएका नवराज बोहोराले वातावरण संरक्षण, कर्णालीको समग्र विकास, अनियमितता तथा भ्रष्टाचारविरुद्ध खबरदारी गर्दै सुशासन स्थापनाको अभियानमा लागेको जानकारी गराएका थिए।

अध्यक्ष प्रचण्डले बोहोराको अभियान माओवादी केन्द्रको अभियानसँग मेल खाने उल्लेख गर्दै, आफू सरकारले रहँदा कर्णालीको समृद्धिका लागि गरेका पहलहरूले त्यसको प्रमाण भएको स्पष्ट पारे। 

उनले बोहोराको अभियानलाई साथ दिने प्रतिबद्धता व्यक्त गर्दै अभियान निरन्तर जारी राख्न शुभकामना दिएकाे प्रचण्डकाे सचिवालयले जानकारी दिएकाे छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर