• २०८२ असार २३ सोमबार
  • Monday, 7 July, 2025

राष्ट्रिय महिला फुटबल टोली स्वदेश फर्कियाे

काठमाडौं । उत्कृष्ट प्रदर्शनका बाबजुत क्वालिफाइ हुन नसकेकाे राष्ट्रिय महिला फुटबल टोली सोमवार बिहान स्वदेश आइपुग्ने भएको छ।

उज्वेकिस्तानमा एएफसी महिला एसियन कप छनोट चरण खेलेर नेपाली टोली फर्कन लागेको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोली भोलि बिहान ८ बजे एयर अरेबियाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नेछ।‌ टोली उज्वेकिस्तानबाट आजै नेपालका लागि निस्केको हो।

तेस्रो तथा अन्तिम खेलमा उज्वेकिस्तानसँग पेनाल्टी सुटआउटमा ४-२ ले पराजित भएपछि नेपालको छनोट यात्रा टुंगिएको थियो।

पहिलो हाफमा ३-१ ले पछि परेको अवस्थाबाट नेपाल निर्धारित ९० मिनेटमा नेपाल ३-३ को बराबरी गर्न सफल भएको थियो।

कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले पहिलो हाफमा एक गोल गर्दै टोलीलाई खेलमा फर्काउने संकेत गरेकी थिइन्। दोस्रो हाफमा १ मिनेटको फरर्कमा गोल गर्दै नेपालले खेलमा पुनरागमन गरेको थियो। ७१ औं मिनेटमा गीता रानाले गोल गरेको अर्को मिनेटमा साम्बाले बराबरी गोल फर्काएकी थिइन् ।

तर, पेनाल्टी सुटआउटमा नेपाली टोली अभागी रह्यो। नेपाली टिमका कप्तान सम्बा र गाेलकिपर अन्जनाकै पेनासल्टी मिस भएका थिए ।

पहिलो खेलमा लाओसलाई ९-० र दोस्रो खेलमा श्रीलंकालाई ८-० ले हराउँदै छनोटमा नेपालले बलियो दाबेदारी प्रस्तुत गरेको थियो। दुर्भाग्य यो पटक पनि टोलीलाई सफलता मिलेन।

समूह ‘एफ’ बाट उज्वेकिस्तान अर्को वर्ष अस्ट्रेलियामा हुने एसियन कपका लागि छनोट भयो।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर