• २०८२ असार २८ शनिबार
  • Saturday, 12 July, 2025

भुटानमाथि नेपालले हान्याे ६ गाेल, पूर्णिमाकाे ह्याट्रिक 

काठमाडौं। नेपालले साफ यु–२० महिला च्याम्पियनसिप सानदार सुरुआत गरेको छ। 

बंगलादेशको राजधानी ढाकास्थित बसुन्धारा किङ्स एरेनामा शुक्रबार सम्पन्न पहिलो खेलमा नेपालले प्रतियोगिताकै कमजोर टोली भुटानमाथि ६-१ को फराकिलो जित हात पारेको हो। योसँगै नेपालले ३ अंक जोडेको छ।

नेपालका लागि पूर्णिमा राईले ह्याट्रिक हान्दा सेनु परियारले २ गोल गरिन्। केल्देन वाङ्गमोले सान्त्वना गोल फर्काइन्। खेलको नवौं मिनेटमै नेपालले सेनुको गोलमार्फत सुरुआती अग्रता लिएको थियो।  

१८औं मिनेटमा पूर्णिमाले अग्रता दोब्बर बनाइन्। वर्षा ओलीले सेकेन्ड बारतर्फ दिएको क्रस बललाई उनले गोल लाइनबाटै जाली चुमाइन्।

४५औं मिनेटमा सेनुले व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गरिन्।  

५४औं मिनेटमा भुटानले एक सान्त्वना गोल फर्कायो। नेपालका डिफेन्डर सिम्रन राईले हेडर गर्दै बचाउने प्रयास गर्दा भुटानकी केल्देनले गोल गरिन्।

६३औं मिनेटमा पूर्णिमाले अग्रता ४–० मा पुर्‍याइन्। मैदानको मध्यभागभन्दा तलबाट आएको बललाई पूर्णिमाले वान भर्सेस वानमा सुन्दर फिनिसिङ गरिन्।

८४औं मिनेटमा पूर्णिमाले ह्याट्रिक पूरा गरिन्। भुटानी गोलकिपर पेमा बक्सभन्दा धेरै बाहिर आएकाे माैकामा बिट गर्दै पूर्णिमाले गोल गरेकी हुन्। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर