• २०८२ असार ३० सोमबार
  • Monday, 14 July, 2025

कुलिङ पिरियडमा गडबडः छानविन समितिलाई सचिव दुराले के भने ?

काठमाडौं । संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको भनिएको चलखेलबारे अध्ययन गर्न गठित संसदीय विशेष समितिले छानबिन प्रक्रिया सुरु गरेको छ।

आइतबार संघीय संसद सचिवालयका सचिव सुरजकुमार दुरासँग बयान लिएर अनुसन्धानलाई औपचारिक रुपमा अघि बढाएको समितिका सभापति जीवन परियारले जानकारी दिए।

प्रतिनिधिसभाबाट पारित विधेयकको प्रतिवेदनमा भएको गम्भीर त्रुटीको कारण पत्ता लगाउने कार्यादेश पाएको समितिले सचिव दुरालाई बोलाएर सोधपुछ गरेको हो। 

राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भई प्रतिनिधिसभामा पेस भएको ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ को प्रतिवेदनमा नभएको विषय थपिएपछि विवाद सिर्जना भएको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर