• २०८२ श्रावण ६ मंगलबार
  • Tuesday, 22 July, 2025

कुलिङ पिरियडमा संशोधन एमालेको जनताप्रतिको धोका: डा. कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा एमालेले राष्ट्रियसभामा संघीय निजामती विधेयकमा प्रस्तुत गरेको संशोधनलाई आपत्तिजनक भन्दै कडा आलोचना गरेका छन्।

सामाजिक सञ्जाल एक्समार्फत उनले एमालेको उक्त कदमलाई गठबन्धनका दलहरूबिच भएको सहमति र संसदीय समितिको सर्वसम्मत निर्णयविपरीत भएको बताएका छन्।

कोइरालाले एमालेको यो कदमलाई उसको दोहोरो चरित्र र देश, जनता, लोकतन्त्र तथा गठबन्धनप्रतिको धोकाको रूपमा चित्रण गरेका छन्। उनले नेपाली कांग्रेसलाई एमालेको आधिकारिक धारणा माग गर्न र यो संशोधनलाई कुनै पनि हालतमा पास हुन नदिन सबै दलहरू एकजुट हुन आह्वान समेत गरेका छन्।

‘कुलिङ पिरियड रहन्छ, रहन्छ र रहन्छ। कोही दुविधामा नपरे हुन्छ,’ कोइरालाले लेखेका छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर