भूमि विधेयक: सरकार ढल्न सक्ने विश्वप्रकाशको चेतावनी

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भूमिसम्बन्धी विधेयकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नै अनावश्यक दबाब दिएको बताएका छन् ।
बीपी कोइरालाको ४३ औं स्मृति दिवसको अवसरमा बीपी फाउण्डेसनद्वारा आयोजित ‘देश विकास र देशवासीको उन्नतीको आधार–बीपी विचार’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै महामन्त्री शर्माले भूमि विधेयकमा प्रधानमन्त्रीको दबाबमा भूमि व्यावस्था तथा सहकारी विकास मन्त्री बलराम अधिकारीले अनावश्यक हतारो गरेको बताएका हुन् ।
कांग्रेसको जायज दृष्टिकोण प्रधानमन्त्रीले स्वीकार्नुपर्ने उनले बताए। उनले सात बुँदे सहमतिमा संविधान संशोधनको विषय पनि परेको भन्दै ढिलै भए पनि कार्यान्वयनमा लानुपर्ने बताए। उनले थपे, ‘नचाहिने माग कांग्रेसले राख्दै राख्दैन। यसै पनि उदार पार्टी हो, प्रधानमन्त्रीले कांग्रेसको माग सम्बोधन गर्नुपर्छ। कुलिङ पिरियड सर्वसम्मत रूपमा समितिबाट अगाडि बढेको हो। त्यसमा कांग्रेसले कम्प्रमाइज गर्न सक्दैन। लागू हुनपर्छ। अरू भूमि विधेयकमा पनि समग्र छलफलपछि मात्रै निष्कर्षमा पुग्न सकिन्छ। एकलौटी लाद्ने कुरा स्वीकार्य
हुन सक्दैन।’
उनले कांग्रेसले एमालेसँग गठबन्धन गरेकै भरमा ‘जे आउँछ मजाले पचाउँछ’ भन्ने होइन भन्दै आवश्यक छलफल र समितिमा छलफल नभई भूमि विधेयक पास नहुने दाबी गरे । महामन्त्री शर्माले समितिबाट पास भइसकेको निजामती सेवा विधेयकमा एमालेका सांसदले संशोधन हालेकोमा असन्तुष्टि जनाए ।
उनले यसैका कारण सरकार नै तलमाथि हुनसक्ने चेतावनी दिए । निजामती कर्मचारीको ‘कुलिङ पिरियड’ दुई वर्षको राख्दै राज्य व्यवस्था समितिबाट पारित भएको विधेयक संसदमा आइपुग्दा छेडखानी गरेर हटाइएको भन्दै चर्को विरोध हुँदै आएको छ ।
यसैबचि कांग्रेसका नेता डा शेखर कोइरालाले सत्ता नेतृत्वकर्ता नेकपा एमालेले पार्टीको मूल्यमान्यतामाथि आक्रमण गरेको टिप्पणी गरेका छन्। ४३औं बीपी स्मृति दिवसमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले एमालेले कांग्रेसको मूल्यमान्यतामा आक्रमण गरेको बताएका हुन्।
संघीय निजामती विधेयकमा कुलिङ पिरियड राख्न नहुने नेकपा एमालेको अडानको प्रसंग निकाल्दै कोइरालाले भने, ुसच्याउने नाममा राष्ट्रिय सभामा एमालेका सांसदहरूले उल्टै कुलिङ पिरियड हटाउनुपर्छ भनेर लेख्ने भनेको कांग्रेसको मूल्यमान्यतामा आक्रमण गरेको हो कि होइनरु जसरी सभापतिले टेक एण्ड पेमा अडान लिनुभएको थियो, त्यो अडान चाहिएको छ हामीहरूलाई।’
कुलिङ पिरियडको विषयमा सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यो कुराहरू स्वीकार्न सकिँदैन भनेर भन्न सक्नुपर्ने उनको भनाइ छ।
'हामीहरूले बोल्यौं कुलिङ पिरियडमारु अहिले पनि सभापतिजीले प्रधानमन्त्रीलाई राखेर भन्नुपर्छ( यो स्वीकार्य हुन्न फटाफट गर्नुस् भनेर,' उनले भने, 'गल्ती हामीबाट पनि भएको छ, कांग्रेसका सांसद, मेरो र राज्य व्यवस्था समितिका साथीहरूको पनि गल्ती छ, राज्य व्यवस्थाको सभापतिले किन हेरेनरु गल्ती छ।’ उनले पार्टीले ह्विप लगाउँदा किन लगाएको भनेर प्रश्न गर्ने ठाउँ निस्किएको पनि बताए।
‘प्रतिनिधि सभाले संवैधानिक विधेयक पास गर्यो, हामीहरूले पास गर्यौँ, राष्ट्रिय सभाले त्यसलाई परिमार्जन गरेर पठायो, हामीहरूले दुई दिन रोक्यौं, अनि कांग्रेसको प्रमुख सचेतकले ह्विप लगाउनुपर्यो, ह्विप लागेपछि हामीसँग उपाय छैन, हामीले गर्नैपर्छ। किन ह्विप लगाएको भनेर प्रश्न गर्ने कि नगर्ने यी कुरामारु यो मुद्दा त अदालतमा जान्छ,जान्छ, त्यति कुरा कांग्रेसका चिफलाई थाहा छैनरु लगाउन हुन्थ्यो ह्विपरु यो गम्भीर विषय छ,' उनले भने 'यो विषयले गर्दा कांग्रेसको मुटुमा, 'कोरभ्यालु'मा एमालेले हामीहरूलाई आक्रमण गरिराखेको छ। हामी चुपचाप लागेर बसिरहेका छौँ, बीपी भएको भए यो कुरा स्वीकार गर्नु हुँदैनथ्यो, त्यो बुझौँ हामीहरूले।’ उनले निर्वाचन प्रणाली यस्तै छ प्रधानमन्त्रीले जे भन्यो त्यो मानौँ भनेर बीपीले नभनेको भन्दै देउवालाई व्यंग्य पनि गरे।
उनले भूमिसम्बन्धी विधेयक समितिमा नलगी एमालेले किन पारित गर्न हतार गरिरहेको छ भन्नेबारे ध्यान दिन पनि आग्रह गरे। त्यस्तै उनले भ्रष्टमन्त्रीको विषयमा बोल्न कांग्रेसका नेताहरू लाछी भएको पनि बताए।
'भूमिसम्बन्धी विधेयक समितिमा जान्थ्यो, भ्रष्ट मन्त्रीहरू एक जनाले त राजीनामा दिनुभयो, अझै एक जना बाँकी हुनुहुन्छ, कांग्रेसका साथीहरू कति लाछी भइसकेका रहेछन्, एमाले कास्कीका जिल्ला समितिले भूमि मन्त्री बलराम अधिकारीले राजीनामा दिनुपर्छ भनेको छ, तर हामी चुप लागेर बसेका छौं,' उनले भने, 'योभन्दा लाछीपन के हुन्छ हाम्रोरु कांग्रेस विचारमा कमी छैन, तर कांग्रेसको मूल्यमान्यतामा जबसम्म हामी अड्दैनौं यस्ता समस्या आइरहन्छ। भूमि विधेयक के हतार छ पारित गर्नरु आजभोलि नै पास गर्नरु किन समितिमा छलफल गर्न एमालेका सांसदहरू डराइरहेका छन् ।’
प्रतिकृया दिनुहोस