पार्टी एकता ढिला भएपछि विप्लबको आरोपः राजनीति अस्थिर हुनुमा मुख्य दोषी माओवादी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपालको राजनीति अस्थिर र भ्रष्टीकरण हुनुमा मुख्य दोषी नेकपा (माओवादी केन्द्र) रहेको आरोप लगाएका छन् ।
पुष्पलाल स्मृति दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित र्काक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाए । राजनीतिक अवस्था लथालिङ्ग र कम्युनिष्ट कार्यकर्ताहरू अपमानित हुने ठाउँमा पुग्नुमा माओवादीको त्रुटि रहेको आरोप लगाएका उनले जिम्मेवार र कमजोरीबाट भाग्ने छुट कम्युनिष्ट पार्टीहरूलाई नरहेको पनि बताए ।
उनले भने, ‘नेपालको राजनीति अस्थिर र भ्रष्टिकरण हुनुमा कम्युनिष्टको दोष छ । कम्युनिष्ट शक्तिहरूमा माओवादीको सबैभन्दा ठूलो दोष छ । आजको राजनीति भ्रष्ट हुनु, लथालिङ्ग हुनुमा, नेता कार्यकर्ताहरूलाई अपमानित हुने ठाउँमा पुर्याउनुमा सबैभन्दा त्रुटि माओवादीको छ । हाम्रो हो नि । हाकी उम्किने ठाउँ छैन ।’
स्वेच्छाचारी रूपमा लामो समयसम्म देशको शासन गरिरहने सोचेको खण्डमा जोसुकैले पनि जनविद्रोहको सामना गर्नुपर्ने उनको भनाइ छ ।
विप्लबले लामाेसमयदेखि माअेावादीसँग एकताकाे प्रयास गरिरहेका छन् । तर एकताकाे टुंगाे लागिनसकेका कारण उनले माअेावादीकै विराेधमा अभिव्यक्ति दिन थालेका छन् ।
प्रतिकृया दिनुहोस