• २०८२ श्रावण ७ बुधबार
  • Wednesday, 23 July, 2025

जनार्दनकाे आराेपः प्रचण्डले पनि भ्रष्टाचार गरे, असुली धन्दा चलाए

काठमाडाैं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफ्नै पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचार र असुली धन्दा चलाएकाे आराेप लगाएका छन् ।

उपमहासचिव शर्माले भने–यदि मुख्य नेतृत्व भ्रष्टाचार नगर्ने भयाे भने ६० प्रतिशत भ्रष्टाचार त्यतिकै घट्छ, प्रधानमन्त्रीले भ्रष्टाचार नगर्ने र गर्न नदिने हो भने आधा भ्रष्टाचार त्यसै घट्छ । तर त्यस्तो संकल्प हाम्रो नेतृत्वमा देखिएन । मैले भने, हाम्राे सम्पति छानविन गराैं पारदर्शीता र सुशासन हामी भित्रबाट हुनुपर्छ, तर नारा सुशासन दिने, दुःखका साथ भन्नु पर्छ मनमोहन अधिकारी बाहेक अरु कम्युनिस्ट नेताले असुली धन्दा गरैकै छन्, यो ठहर भएकै छ । यो आरोप होइन, यथार्थ हो ।

तत्कालिन नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीवाहेक कुनै पनि नेपालका कम्युनिस्ट प्रधानमन्त्री विचौलिया र कमिसनखोरबाट टाढा रहन नसकेको स्वीकार गरेका छन् ।

माक्र्सवादी अध्ययन केन्द्रले पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा पूर्व अर्थमन्त्री शर्माले नेपालमा ९ पटक कम्युनिस्ट नेतृत्वको सरकार बने पनि सिद्धान्त अनुसार काम गर्न नसकेको बताए ।

उपमहासचिव शर्माले भने, ‘आज उत्पीडित जातिमाथिको अत्याचार के भइरहेको छ, पहिचानका मुद्दा जसरी हराइरहेका छन् । आज लाखौं लाख युवाहरू विदेशमा गएर विदेशको भूमिमा श्रम पसिना बगाइरहेका छन् ।’ उनले कम्युनिष्ट पार्टीको नेतृत्वमा बनेका सरकारले जनतालाई के दियो ? भन्दै प्रश्न गरे ।

‘आज इतिहासको सबैभन्दा कटु प्रश्न हो यो । ९–९ पटक सरकारको नेतृत्व गर्दा हामीले के दियौं ? के बदल्यौं ? वा के गर्‍यौं ? यो गम्भीर प्रश्न छ । यो समाज परिवर्तनको नयाँ अभियानसँग सम्बन्धित प्रश्न हो,’ शर्माले भने । यो प्रश्नको उत्तर आजका कम्युनिष्ट पार्टीका व्यवहार र तरिकालाई फेर्न सक्छौं कि सक्दैनौं भन्ने मुख्य कुरा रहेको उनले बताए ।न्दा गरैकै छन्,यो ठहर भएकै छ । यो आरोप होइन,यथार्थ हो ।

शर्माले अहिलेका ऐन कानूनहरु दलाल पुँजिपतिको पक्षपोषण गर्ने र बम्हलुट गर्न टेवा पुर्याउने खालका रहेको भन्दै उनले सत्ताका लागि कम्युनिस्ट पार्टीले राज्य पुनसंरचनाको एजेण्डा छाडेको बताए ।

उनले नेपालका कम्युनिस्टले समाजवाद निर्माणको संवैधानिक दायित्व निर्वाह गर्न नसकेको स्वीकारे ।

‘हामीले राज्यपुर्नसंरचनाको कुरा उठाएका थियौँ । तर त्यतातिर लागेनौँ । हामी हतारमा सत्ताको कुर्सी प्राप्तिमा लाग्यौँ । जसले गर्दा नयाँ संविधान कार्यान्वयन गर्न सकिएन । पुरानै राज्य संरचना, माइड सेटले नयाँ संविधानको कार्यान्वयन, जनताको अधिकारको कार्यान्वयन गर्न उनीहरू तयार भएनन्’, उनले भने, ‘राजनीतिक नेतृत्व उनीहरूकै कारिन्दा जस्तो भयो । पुरानै माइन्ड सेटबाट परिचालित भए । व्यक्तिगत निहित स्वार्थमा पार्टनरसिप गरेर एकले अर्कालाई प्रशंसा गर्न स्थिति सिर्जना भयो । यो दुर्भाग्यपूर्ण स्थिति हो ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर