• २०८२ श्रावण ७ बुधबार
  • Wednesday, 23 July, 2025

जनार्दनलाई लेखनाथकाे जवाफ: 'राजनीतिमा लागेर अकुत थुपार्नेले नै सम्पत्ति छानबिनको माग गर्नु जस्तो बेइमानी अरु के होला ?'

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता लेखनाथ न्यौपानेले राजनीतिमा लागेर अकुत सम्पत्ति थुपार्नेहरूले नै सम्पत्ति छानबिनको माग गर्नु बेइमानी भएको टिप्पणी गरेका छन्। उनकाे याे टिप्पणी उपमहासचिव जनार्दन शर्माले आज सार्वजनिक रुपमा आफुले नेताकाे सम्पत्ति छानविन गर्न माग गरेकाे तर नभएकाे बताएपछि आएकाे हाे।

'राजनीतिमा लागेर जसले अकुत सम्पत्ति थुपारेको छ, उसैले सम्पत्ति छानबिनको माग गर्नु जस्तो बेइमानी अरु के होला ?,' न्यौपानेले सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन्।

उपमहासचिव शर्माले भनेका थिए –यदि मुख्य नेतृत्व भ्रष्टाचार नगर्ने भयाे भने ६० प्रतिशत भ्रष्टाचार त्यतिकै घट्छ, प्रधानमन्त्रीले भ्रष्टाचार नगर्ने र गर्न नदिने हो भने आधा भ्रष्टाचार त्यसै घट्छ । तर त्यस्तो संकल्प हाम्रो नेतृत्वमा देखिएन । मैले भने, हाम्राे सम्पति छानविन गराैं पारदर्शीता र सुशासन हामी भित्रबाट हुनुपर्छ, तर नारा सुशासन दिने, दुःखका साथ भन्नु पर्छ मनमोहन अधिकारी बाहेक अरु कम्युनिस्ट नेताले असुली धन्दा गरैकै छन्, यो ठहर भएकै छ । यो आरोप होइन, यथार्थ हो ।

तत्कालिन नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीवाहेक कुनै पनि नेपालका कम्युनिस्ट प्रधानमन्त्री विचौलिया र कमिसनखोरबाट टाढा रहन नसकेको स्वीकार गरेका छन् ।

माक्र्सवादी अध्ययन केन्द्रले पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा पूर्व अर्थमन्त्री शर्माले नेपालमा ९ पटक कम्युनिस्ट नेतृत्वको सरकार बने पनि सिद्धान्त अनुसार काम गर्न नसकेको बताए ।

उपमहासचिव शर्माले भनेका थिए, ‘आज उत्पीडित जातिमाथिको अत्याचार के भइरहेको छ, पहिचानका मुद्दा जसरी हराइरहेका छन् । आज लाखौं लाख युवाहरू विदेशमा गएर विदेशको भूमिमा श्रम पसिना बगाइरहेका छन् ।’ उनले कम्युनिष्ट पार्टीको नेतृत्वमा बनेका सरकारले जनतालाई के दियो ? भन्दै प्रश्न गरे ।

शर्माले अहिलेका ऐन कानूनहरु दलाल पुँजिपतिको पक्षपोषण गर्ने र बम्हलुट गर्न टेवा पुर्याउने खालका रहेको भन्दै उनले सत्ताका लागि कम्युनिस्ट पार्टीले राज्य पुनसंरचनाको एजेण्डा छाडेको बताए ।

उनले नेपालका कम्युनिस्टले समाजवाद निर्माणको संवैधानिक दायित्व निर्वाह गर्न नसकेको स्वीकारे ।

‘हामीले राज्यपुर्नसंरचनाको कुरा उठाएका थियौँ । तर त्यतातिर लागेनौँ । हामी हतारमा सत्ताको कुर्सी प्राप्तिमा लाग्यौँ । जसले गर्दा नयाँ संविधान कार्यान्वयन गर्न सकिएन । पुरानै राज्य संरचना, माइड सेटले नयाँ संविधानको कार्यान्वयन, जनताको अधिकारको कार्यान्वयन गर्न उनीहरू तयार भएनन्’, उनले भने, ‘राजनीतिक नेतृत्व उनीहरूकै कारिन्दा जस्तो भयो । पुरानै माइन्ड सेटबाट परिचालित भए । व्यक्तिगत निहित स्वार्थमा पार्टनरसिप गरेर एकले अर्कालाई प्रशंसा गर्न स्थिति सिर्जना भयो । यो दुर्भाग्यपूर्ण स्थिति हो ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर