• २०८२ श्रावण २९ बिहीबार
  • Thursday, 14 August, 2025

क्लियर स्याम्पु ब्रान्डद्वारा इङ्लिस प्रिमियर लिग अब नेपाली दर्शकमाझ

काठमाडौँ । नेपालमा सौन्दर्य, व्यक्तिगत स्याहार र घरेलु ब्रान्डहरूको विश्वासिलो अगुवा युनिलिभर नेपालले आज लाखौँ फुटबलप्रेमीहरूलाई इङ्लिस प्रिमियर लिग (इपिएल) सामु नजिक ल्याउने रोमाञ्चक सहकार्यको घोषणा गरेको छ। यो साझेदारी युनिलिभरको विश्वव्यापी फुटबलप्रतिको प्रतिबद्धता र उपभोक्तासँग विश्वस्तरीय अनुभवमार्फत अर्थपूर्ण सम्बन्ध निर्माण गर्ने लक्ष्यको प्रतिबिम्ब हो।

फुटबलप्रतिको विश्वव्यापी समर्पण

युनिलिभरले विश्वभर फुटबलसँग लामो समयदेखि सहकार्य गर्दै आएको छ। यसको पर्सनल केयर डिभिजन सन् २०२७ सम्मका लागि फिफाको आधिकारिक ग्लोबल पार्टनर रहने छ, जसमा सन् २०२६ को फिफा वल्र्ड कप समेत समावेश छ। साथै, यसले ग्भ्ँब् भ्गचयउभबल ऋजबmउष्यलकजष्उ २०२४ र आउँदो ग्भ्ँब् भ्गचयउभबल ध्यmभल’क ऋजबmउष्यलकजष्उ  २०२५ जस्ता ठुला प्रतियोगिताहरूमा पनि सक्रिय भूमिका खेलेको छ। यस्ता सहकार्यहरूले खेलकुदको शक्ति समुदायलाई एकताबद्ध गर्न र आत्मविश्वास जगाउन महत्वपूर्ण भूमिका खेल्छ भन्ने युनिलिभरको विश्वासलाई प्रतिबिम्बित गर्दछ।

क्लियरः मैदान भित्र र बाहिर आत्मविश्वासको प्रेरणा

यस सहकार्यको केन्द्रमा युनिलिभरको प्रमुख हेयर केयर ब्रान्ड क्लियर रहनेछ। फुटबल जगतका आइकन क्रिस्टियानो रोनाल्डो र एरलिङ हालान्डसँगको सहकार्यमार्फत क्लियरले विश्वव्यापी रूपमा आत्मविश्वास र प्रदर्शनको सन्देश फैलाउँदै आएको छ। इपीएलसँगको यो साझेदारीमार्फत अब नेपाली दर्शकहरूले पनि क्लियरको शक्तिलाई कान्तिपुर मिडिया ग्रुपका टेलिभिजन तथा डिजिटल प्लेटफर्महरूमा प्रत्यक्ष महसुस गर्न सक्नेछन्।

अमलान मुखर्जी, प्रबन्ध निर्देशक, युनिलिभर नेपालः

“फुटबल केवल एक खेल मात्र नभई एक साझा भावना हो, जसले सीमाना नाघेर मानिसहरूलाई जोड्छ। कान्तिपुर म्याक्ससँगको यस सहकार्यमार्फत हामी नेपाली दर्शकहरूका लागि इङ्लिस प्रिमियर लिगको रोमाञ्च ल्याउन पाउँदा गर्व गर्छौं। यससँगै, आत्मविश्वास र प्रदर्शनप्रतिको क्लियरको प्रतिबद्धता पनि थप प्रस्ट हुन्छ। देशभर १० मध्ये ८ घरधुरीमा युनिलिभर नेपालका उत्पादनहरू रहेका छन्, र हामी फुटबलप्रेमीहरूको यो जोशलाई साथ दिन इपिएल हेर्न सकिने समर्पित प्लेटफर्म प्रदान गर्न पाउँदा अत्यन्तै खुशी छौं।”

“युनिलिभर नेपाल र क्लियरसँग मिलेर हामी नेपाली दर्शकहरूका लागि विश्व स्तरीय फुटबल मनोरञ्जन ल्याउन पाउँदा उत्साहित छौँ। महेश स्वर, प्रमुख कार्यकारी अधिकृत, कान्तिपुर मिडिया ग्रुपः यो साझेदारी हाम्रो उच्चस्तरीय कन्टेन्ट उत्पादनप्रतिको प्रतिबद्धता र खेल प्रेमी दर्शकका लागि अविस्मरणीय अनुभव सिर्जना गर्ने उद्देश्यको प्रमाण हो।”

युनिलिभर नेपाल, विश्वकै प्रमुख सौन्दर्य तथा व्यक्तिगत स्याहार, घरेलु सामग्री, खाद्यान्न तथा पेय पदार्थको उत्पादक युनिलिभर समूहको एक हिस्सा हो। नेपालमा विभिन्न विश्वासिलो ब्रान्डहरूको माध्यमबाट यसले दिगो जीवनशैलीलाई सामान्य बनाउने लक्ष्य कायम गर्दै आएको छ।
यस प्रतिबद्धताको उपलब्धीस्वरूप, अब नेपालभरिका दर्शकहरूले कान्तिपुर म्याक्समार्फत इपिएलका प्रत्यक्ष खेलहरू हेर्न सक्नेछन्, जसले विश्वकै सबैभन्दा चर्चित फुटबल लिगसँगको पहुँच र सहभागिता अझ बढाउनेछ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर