• २०८२ भदौ २ सोमबार
  • Monday, 18 August, 2025

नख्खु कारागारकाे ‘ ‘सीआरसी ब्लक’ बसे रवि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने ललितपुरको नख्खु कारागार पुगेका छन् । आज (शनिबार) उनलाई भैरहवा विमानस्थलबाट काठमाडौँ ल्याइएको हो ।

काठमाडौँ विमानस्थल ओर्लने बित्तिकै उनलाई नेपाल आयल निगमको गेटबाट सिधै नख्खु कारागार लगिएको हो । रविलाई नख्खु कारागारमा राखिने भएपछि बाहिर रास्वपाको समर्थकको बाक्लो उपस्थित थियो । रवि पुग्ने बित्तिकै उनीहरुले नाराबाजी गरेका थिए भने रविले प्रहरी भ्यानबाटै हात हल्लाएका थिए ।

गत चैत २५ गतेदेखि भैरहवा कारागारमा रहेका लामिछानेले जेठमै नक्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए । तर, उनलाई कारागार स्थानान्तरण नगर्दा सरकारको आलोचना भएको थियो ।

आलोचनापछि सरकार उनलाई काठमाडौँ ल्याउन तयार भएको हो । अड्डासार गरेर ल्याइएका लामिछानेलाई नख्खु कारागारको ‘सीआरसी’ ब्लकमा राखिएको छ । विगतमा यही ब्लकमा रौतहट बम विष्फोटका आरोपी अफताब आलमलाई पनि राखिएको थियो । उनी उच्च अदालतले सफाइ दिएपछि थुना बाहिर छन् ।

रविलाई राखिएको ब्लकमा करिब ४ सय कैदीबन्दी राखिएको कारागार स्रोतले जनाएको छ । रविलाई त्यो ब्लकको एउटा छुट्टै कोठामा राख्ने तयारी कारागारको आन्तरिक प्रशासनले गरेको छ ।

आन्तरिक प्रशासन कारागारको कैदीबन्दीले नै चलाउने गर्छन् । नख्खु कारागारका एक अधिकारीले भने, ‘अरु कैदीबन्दीलाई झैं उहाँले पनि सुविधा पाउनु हुन्छ । संरचनाका हिसाबले भैरहवा भन्दा यहाँ सहज र सुरक्षित छ ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर