सरकार अधिनायकवादी बाटोमा गएको माओवादीको निष्कर्ष, उपसभामुखकाे महाभियाेगकाे प्रतिराेध गर्ने

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले उपसभामुख इन्दिरा रानालाई हटाउने सत्तापक्षको तयारीबारे गम्भीर चासो व्यक्त गरेको छ । सत्ता पक्ष अधिनायकवादकाे बाटाेमा हिडेमा त्यसकाे प्रतिराेध गर्ने र विपक्षी दलहरूसँग अध्यक्ष प्रचण्डले समन्वय गर्ने निर्णय पनि गरेकाे छ ।
केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार बसेको पदाधिकारी बैठकले उपसभामुख रानालाई हटाउन खोजेर सरकार अधिनायकवादी तथा निरङ्कुशतातर्फ अगाडि बढ्न खोजेको निष्कर्ष निकालेको हो ।
बैठकले प्रमुख प्रतिपक्ष दलको नेता भएको हिसाबले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै पहलकदमीको जिम्मा दिएको छ । विकसित राजनीतिक घटनाका कारण बैठक भोलिसम्मका लागि स्थगित गरिएको उनले जानकारी दिए ।
‘सरकार अधिनायकवादी निरङ्कुश बाटोमा अगाडि बढेको बैठकले निष्कर्ष निकालेको छ । सत्ता गठबन्धनले उपसभामुखलाई हटाउने तयारी गरेकाले बैठक धेरै बेर बसेन ।
विपक्षी दलको नेताको हैसियतले अध्यक्षले नै पहलकदमी गर्ने जिम्मा दिइएको छ,’ उनले भने ।
प्रतिकृया दिनुहोस