• २०८२ भदौ २० शुक्रबार
  • Friday, 5 September, 2025

राजावादी आन्दोलनको नेतृत्व अब धवलशमशेरले गर्ने

काठमाडौं । वर्तमान व्यवस्थालाई चुनौती दिन बनेको ‘संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यसहित बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ का संयोजक नवराज सुवेदी केही समयका लागि विदेश जान लागेका छन् । 

उनी पारिवारिक भ्रमणका लागि अस्ट्रेलिया जान लागेपछि कार्यवाहक संयोजकको जिम्मेवारी राप्रपाका महामन्त्री धवल शमशेर राणालाई दिइएको छ । 

‘म केही समय देश बाहिर हुनेछु । म देश बाहिर रहुन्जेल, मेरो अनुपस्थितिमा मैले गर्दै आएको सम्पूर्ण जिम्मेवारी कार्यवाहक संयोजकको रूपमा डा धवलशमशेर राणालाई अख्तियारी दिएको छु’, उनले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

उनी आजै अस्ट्रेलिया प्रस्थान गर्न लागेको उनी निकट स्रोतले जनाएको छ । उनको नातिसहितका आफन्त अस्ट्रेलियामा रहेको बताइएको छ । उनी दसैँअघि नेपाल फर्किने कार्यक्रम रहेको छ । 

सुवेदीको नेतृत्वको गत असारसम्म राजावादी समूहले आन्दोलन गरेका थिए । तर, असारपछि सुवेदी नेतृत्वको राजावादी समूहको गतिविधि शून्यजस्तै बनेको छ। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर