सामाजिक सञ्जाल बन्दकाे धम्की नदिन सरकारलाई रास्वपाको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीले सरकार धम्की दिएर हतारमा सामाजिक सञ्जाल बन्द गर्न लागेको आरोप लगाएका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा आफ्ना कुरा राख्दै सांसद चौधरीले नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या ९० प्रतिशत नाघिसकेको र लाखौँ नेपालीको रोजगार, व्यवसाय र उद्यमशीलता सामाजिक सञ्जाल डिजिटल प्लेटफर्मसँग गाँसिएकाले जनहितविपरीत त्यस्तो निर्णय नगर्न उनले सरकारसँग आग्रह गरे ।
सामाजिक सञ्जाललाई व्यवस्थित गर्नुपर्नेमा कसैको पनि असहमति नरहेको भन्दै उनले सर्वाेच्च अदालतले दिएको परमादेशलाई सरकारले अक्षरशः पालना गर्नुपर्नेमा बन्द गर्नतिर लागेको आरोप लगाए ।
कूटनीतिक वार्ता,कानुनी प्रवर्द्धन र दीर्घकालीन रणनीति अपनाउनुको सट्टा बन्द गरिदिने धम्की दिएर सरकार संयमहीन भएको उल्लेख गरे ।
प्रतिकृया दिनुहोस